Fri. Mar 14th, 2025

सहमतिबाट शान्ति प्रक्रियाका बाँकी काम :प्रचण्ड


१४ मंसिर, धादिङ–

राजनीतिक स्थायित्व र संविधान निर्माणका कारण नै पार्टी एकता सम्भव भएको नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुप्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकास्थित चरौदीमा सुरु भएको कृषि, पर्यटन तथा औद्योगिक मेलाको उद्घाटन गर्दै अध्यक्ष दाहालले राजनीतिक दलबीचको एकता र सम्झौता भएको भन्दै शान्ति प्रक्रियाका बाँकी काम सहमतिबाट हुने बताएका छन् । शान्ति प्रक्रियाका बाँकी कामलाई राजनैतिक दलहरु बीचको सहमतिका आधारमा टुङ्गोमा पु¥याउन नेपाली काँग्रेससँग छलफल भइरहेको बताए ।

नेपालको राजनीतिक परिवर्तन, शान्ति सम्झौता र सेना समायोजनका विषयमा परिपक्क हुँदै एकताको प्रक्रियासम्म आइपुगेको दाहालले बताए । ‘एउटै ढुङगामा चढेर हामी यहाँसम्म आइपुगेका हौँ’, अध्यक्ष दाहालले भने, ‘आउने दिनहरुमा पनि यस्तै परिपक्कता देखाउनु आवश्यक छ ।’ राजनीतिक दलहरुबीच एकता नभए देशले निकै नै चुनौतिपूर्ण र जटिल परिस्थिति कायम गर्नुपर्ने बताए । दलहरु बीचको एकताको बलमा राजैतिक परिवर्तन, स्थायी शान्ति र विकासका आधारहरु खडा गरिएको बताउँदै प्रचण्डले राजनैतिक एकता हुन नसके त्यो देशका लागि दुर्भाग्य हुने बताए । बहुमतको सरकार बनेपछि कोशीको बाँध, डुवान, रेलमार्ग ल्याउने कुरा सम्भब भएको उनले बताए ।

मेलामा बोल्दै अध्यक्ष दाहालले आर्थिक समृद्धिको आधार नै कृषि, पर्यटन तथा औद्योगिक क्षेत्र रहेको बताएका छन् । धादिङ र गोरखाको सिमानमा रहेको बहुप्रतिष्ठित बुढीगण्डकी आयोजनाको तिब्र ढंगले अगाडि बढिरहेको पनि दाहालले बताए । राजमार्गलाई चार लेन बनाइने, रेलमार्ग निर्माण गर्ने र कृषिको सुपर जोन बनाउने विषयमा आफ्नो चासो भएको बताए । सरकारले गरेका राम्रा कामको प्रस्तुत गर्दै प्रचण्डले चारवर्षभित्र काठमाडौँमा रेल पुग्ने गरी पूर्वाधार विकासका योजना बनिसकेको बताए ।

२०७५ मंसिर १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: