Wed. Nov 27th, 2024

धादिङमा कृषि र पर्यटन मेला आजदेखि सुरु, प्रचण्डले उद्घाटन गर्ने


१४ मंसिर, धादिङ –

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ धादिङमा आजदेखि मेला सुरु हुँदैछ ।

जिल्लाको बेनिघाट रोराङ गाउँपालिकास्थित चरौदीमा कृषि, पर्यटन तथा औद्योगिक मेलाको आयोजना गरिएको हो । धादिङ उद्योग वाणिज्य संघ, दक्षिण क्षेत्रिय समितिको आयोजना तथा वेनिघाट रोराङ गाउँपालिकाको सहआयोजनामा संचालन गरिएको हो ।

मेला उद्घाटनका लागि नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक समितिले जानकारी दिएको छ ।
मंसिर २३ गतेसम्म संचालन हुने मेलाको मुख्य आकर्षणको रुपमा कृषि प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी, हस्तकलाको प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । अघिल्ला वर्षहरुमा जस्तै निरन्तर काम गरिरहेको संघले प्रत्येक वर्ष मेला, महोत्सवको आयोजना गर्दै आइरहेकोे छ ।

जिल्लाको कृषि, पर्यटन प्रवद्र्धन तथा आद्योगिक क्षेत्रको प्रचारका लागि मेलाको आयोजना गरिएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष बोदनाथ दुवाडीले जानकारी दिए ।

 

२०७५ मंसिर १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: