Mon. Mar 10th, 2025

च्यापियन्स लिग फुटबल : बार्सिलोना र एट्लेटिको मड्रिड विजयी

१३ मंसिर, धादिङ –

स्पेनी क्लब एट्लेटिको मड्रिडले च्यापियन्स लिग फुटबलको नकआउट चरणमा स्थान बनाउँदा पीएसजी, लिभरपुल र टटनहामले भने अन्तिम खेलको नतिजा कुर्नु पर्ने भएको छ । समुह ए अन्तरगत गएराती भएको खेलमा मोनाकोलाई २–० ले पराजित गर्दै मड्रिडले अन्तिम १६ मा स्थान बनाएको हो ।

स्टेभन सेभिक दोहोरो पहेंलो कार्ड खादै मैदान बाहिरिएपछि अन्तिम ८ मिनेट १० खेलाडिमा सीमित भएको मड्रिडले खेलको दोस्रो मिनेटमा नै कोकीको गोलबाट अग्रता लिएको थियो । एन्टोईन ग्रिजम्यानले २४ औं मिनेटमा अग्रता दोब्बर पारेका थिए । समुह एक कै अर्को खेलमा क्लब ब्रुजसँग बराबरीमा रोकिएपनि बोरुसीया डर्टमण्डले पनि नकआउट चरणमा स्थान पक्का गरेको छ । मड्रिडको १२ र डर्टमण्डको १० अंक छ । समुह बी अन्तरगतको खेलमा टटनहामले इन्टर मिलानलाई १–० ले पराजित गरेपछि नकआउट पुग्ने अर्को टोलीको टुंगो लिग चरणको अन्तिम खेलबाट लाग्ने भएको छ ।

यसअघि नै अन्तिम १६ मा स्थान बनाएको बार्सिलोनाले पीएसबी ईण्डोभनलाई २–१ ले पराजित गर्‍यो । बार्साको १३ अंक भएको छ भने टटनहाम र मिलानको समान ७ अंक छ । बार्साको जितमा लियोनल मेसि र जेरार्ड पिकले गोल गरे भने पीएसभीका लागी लुक डी जोङले सान्त्वना गोल गरे । टटनहामको जितमा भने क्रिष्टियन एरिक्सनले ८० औं मिनेटमा निर्णायक गोल गरे । उता, ग्रुप सीको समीकरण भने खुला छ । गएराती रेडस्टार बेलग्रेडलाई ३–१ ले पराजित गर्दै ९ अंकमा शीर्ष स्थानमा उक्लिएको नापोली, लिभरपुललाई पराजित गर्दै ८ अंकमा दोस्रो स्थानमा उक्लिएको पेरिस सेन्ट जर्मेन पीएसजी र ६ अंकमा तेस्रो स्थानमा रहेको लिभरपुलको अघिल्लो चरण प्रवेशको सम्भावना समान छ । अन्तिम खेलमा नापोली र लिभरपुल तथा पीएसजी र रेड स्टारबीच प्रतिस्पर्धा हुनेछ ।

२०७५ मंसिर १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: