१२ मंसिर, धादिङ–
धादिङ जिल्लामा रिलायन्स लाइफ इन्सुरेन्सले शाखा संचालनमा ल्याएको छ ।
औपचारिक रुपमा बुधबारदेखि शाखा कार्यलयबाट सेवा संचालनमा ल्याएको हो । धादिङबेसी बजार क्षेत्रमा राखिएको शाखाको एक कार्यक्रमको आयोजना गरि जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल र रिलायन्स लाइफ इन्सुरेन्सका डेपुटी डाइरेक्टर निराजन कंडेलले संयुक्त रुपमा उद्घाटन गरे ।
जीवन बीमा सबैले अनिवार्य गर्नुपर्ने र यसबाट मृत्युपछिको जोखिम वहन र आफ्नै जीवनकालमा पनि धेरै फाइदा लिन सकिने रिलायन्स लाइफ इन्सुरेन्सका डेपुटी डाइरेक्टर निराजन कंडेलले बताए । ‘बीमा बजारको क्षेत्र ठूलो भएको छ’, कंडेलले भने, ‘यो व्यापार मात्र नभई सामान्य नागरिकको सेवा समेत हो, भविष्यका लागि पनि सबैले बिमा गर्नु आवशयक छ ।’
शाखा उदघाटन समारोहमा स्थानीय उद्योगी, व्यापारीलगायत विभिन्न बैंक, वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो । कार्यक्रममा कंडेलले देशको विभिन्न भागमा सेवा शाखा विस्तार गरेको जानकारी दिए ।
२०७५ मंसिर १२ गते प्रकाशित