११ वैशाख, काठमाडौं – काठमाडौंमा जारी एएफसी यु–१४ क्षेत्रीय महिला फुटबल खेलमा नेपाल फाइनलमा पुगेको छ ।
शुक्रबार दशरथ रंगशालामा भएको सेमिफाइनलमा चिरपरिचित प्रतिस्पर्धी भारतलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । नेपाल १–० ले विजयी भयो ।
खेलको ४६औै मिनेटमा निर्मला उपाध्यायले गरेको गोल नै नेपाललाई जिताउन निर्णायक गोल बन्यो । यसअघि नेपालले समूहमा शतप्रतिशत नतिजा निकाल्नेक्रममा इरान, माल्दिभ्स र श्रीलंकालाई हराएको थियो ।
फाइनलमा नेपालले इरान र बंगलादेशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।
नेपाल यू-१४ गर्ल्स च्याम्पियनसिपको फाइनलमा
-
15 minutes ago pabil news
-
14 hours ago pabil news
-
14 hours ago pabil news
-
15 minutes ago pabil news
-
14 hours ago pabil news
-
14 hours ago pabil news