१२ मंसिर, धादिङ –
नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्षको भेला धादिङमा हुने भएको छ ।
आउँदो मंसिर १४ र १५ गते धादिङको गजुरी गाउँपालिकाको घाटबेसीमा हुने आयोजक समितिले जानकारी दिएको छ ।
आउँदो २८ देखि पुुस ३ गतेसम्म हुन लागेको महासमिति बैठकका लागि देशैभरका कोषाध्यक्षको धारणा बनाउन भेलाको आयोजना गर्न लागिएको नेपाली काँग्रेसले जानकारी दिएको छ ।
२०७५ मंसिर १२ गते प्रकाशित