Mon. Mar 17th, 2025

सिरियामा सरकारी सेना र विद्रोहीबीच झडप, २ सयको मृत्यु

११ मंसिर, काठमाडौं

सिरियाली विद्रोहीको प्रभाव क्षेत्र मानिने इराकी सीमा नजिकै विगत तीनदिन यता भएका विद्रोही र सरकारी सेनाबीचको झडपमा कम्तीमा २ सय जनाको मृत्यु भएको छ ।

अमेरिकाको समर्थन प्राप्त सुरक्षाबलका ९२ जना सुरक्षाकर्मीहरु सिरियाको पूर्वी क्षेत्रमा तीन दिनमा मारिएका छन् ।इस्लामिक स्टेट (आइएस) लडाकूहरुले गरेको आक्रमणमा परी उनीहरु मारिएको अनुगमनकर्ताहरुले सोमबार जानकारी दिएका छन् ।

भीडन्तका कारण अन्य ५१ जना आम नागरिक पनि मारिएको समाचारमा जनाइएको छ ।यो घटना पछिल्लो समयमा भएका घटनामध्ये सबैभन्दा धेरै सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) का सुरक्षाकर्मीहरु मारिएको घटना हो ।

आइएस लडाकुहरुद्वारा एसडीएफका सुरक्षाकर्मीहरु धेरै मारिएको सन् २०१५ पछिकै यो सबैभन्दा ठूलो घटना भएको सिरियाली मानव अधिकारवादी समूहका प्रमुख रामी अब्देल रहमानले बताएका छन् । रहमानका अनुसार, घटनाहरूमा परी ६१ जना जिहादि विद्रोही पनि मारिएका छन् ।

२०७५ मंसिर ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: