
५ मंसिर, काठमाडौं –
ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा क्यामरुनलाई पराजित गरेको छ ।
मंगलबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा ब्राजिलले क्यामरुनलाई १-० गोलअन्तरले पराजित गरेको हो । खेलको सुरुवाती समयमा नै नेयमार घाइते हुदै मैदानबाट बाहिरिएपछि ब्राजिल थप दबावमा आएको थियो ।
ब्राजिलको जितमा रिचर्लिसनले गोल गरे । उनले खेललको ४५औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १(० गोलअन्तरले पछि परेको क्यामरुनले दोस्रो हाफमा गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन ।
खेल अवधिभर नियन्त्रणमा राखेको ब्राजिलले राम्रो अवसर खेर फाल्दा १-० गोलको कठिन जित निकालेको हो ।
२०७५ मंसिर ५ गते प्रकाशित