Fri. Mar 14th, 2025

मन्त्री बन्न नेकपाभित्र प्रतिष्पर्दा

२ मंसिर,हेटौडा

प्रदेश ३ को भौतिक पूर्वाधार तथा विकासमन्त्री बन्न तत्कालीन एमालेका प्रदेश सभा सदस्यहरू दौडधुपमा जुटेका छन्। नेकपाभित्र एमालेको भागमा रहेको उक्त पदबाट केशव स्थापित मुक्त भएपछि मुख्यमन्त्री डोरमणि पौडेलले नै उक्त मन्त्रालय सम्हालिरहेका छन्।

पौडेलले राजधानीको विषय टुंगो लागेपछिमात्र मन्त्री नियुक्त गर्ने बताए पनि नेकपाका केन्द्रीय नेतासँग लबिङ सुरु भएको छ। बर्खास्त भएको दोस्रो दिनदेखि नै मन्त्री बन्न दौडधुपमा रहेका आकांक्षीहरू चाडपर्वले केही दिन निष्क्रिय रहे पनि राजधानीको विषय टुंगो लाग्ने तयारीसँगै तातेका हुन्। सबैभन्दा बढी बजेट भएको मन्त्रालय मन्त्रीविहीन हुँदा सरकारको काम नदेखिने भन्दै आफूलाई मन्त्री नियुक्त गर्न सिफारिस गरिदिन लबिङमा जुटेको बताइएको छ।

नुवाकोट २ (१) बाट निर्वाचित प्रदेश सांसद केशवराज पाण्डे लबिङमा सक्रिय हुनुलाई स्वाभाविक बताउँछन्।सांसद रामेश्वर फुँयालले पार्टीले भनेको मान्न तयार भएको बताए। काठमाडौं ३ (२) बाट निर्वाचित उनी पार्टीभित्र नेतृत्वसँग नजिकको सम्बन्ध राख्ने सांसदमध्ये पर्छन्।पार्टीभित्रको गुटलाई भन्दा भूगोललाई समेट्न सांसद्हरूको मुख्यमन्त्रीलाई सुझाव छ। दोलखाका सांसद् विशाल खड्काले भने, ‘गुट होइन भूगोललाई समेट्नुपर्छ, एउटै सहर र एउटै जिल्लाको मात्र मन्त्री बनाइनु हुँदैन।पौडेलले भने स्थायी राजधानीको विषय टुंगो लागेपछि मात्र सबै क्षेत्रलाई ध्यानमा दिएर मन्त्री नियुक्त गर्ने बताएका छन्।

२०७५ मंसिर २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: