Sun. Mar 16th, 2025

हवाई आक्रमणमा ४३ जना सिरियालीको मृत्यु


२ मंसिर, अमेरिका–

अमेरिकी नेतृत्वको गठबन्धनले पूर्वी सिरियामा चलाएको हवाई आक्रमणमा ४३ सिरियालीको ज्यान गएको सिरियाली मानव अधिकारवादी संगठनले जनाएको छ ।

सिरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सका अनुसार इस्लामिक स्टेट ९आइएस० को प्रभाव क्षेत्र मानिने देइर अजोरको अबु हुसन ग्रामिण इलाकामा भएको कारबाहीमा ३६ परिवारका सदस्य रहेका छन् भने मारिनेमध्ये १७ जना बालबालिका रहेका छन्, । मारिने अन्य सात जनाको परिचय खुल्न सकेको छैन ।

हवाइ कारबाही इराकी सीमा नजिकको सिरियाली भूमिमा भएको थियो । अमेरिकी नेतृत्वको सिरियाली कूर्दिस–अरब गठबन्धन सेनाले जिहादी समूहसँग यो क्षेत्रमा लड्दै आएको सिरियाली डिमोक्रेटिक फोर्सलाई सघाउँदै आएको छ ।

सिरियामा सन् २०११ मा सुरू भएको द्वन्द्वका कारण तीन लाख ६० हजार सिरियालीको ज्यान गएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ ।

२०७५ मंसिर २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: