९ बैशाख, काठमाडौं- आज कम्युनिष्ट पार्टीको ६७ औं स्थापना दिवस । नेपालमा पनि कम्युनिष्ट पार्टीहरुले पनि विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउँदैछन् ।
६६ वर्ष अघि कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । तत्काली राणा सरकारको विरोधमा जनतालाई उतार्न तथा मुलुकमा सामाजिक रुपान्तरण र जागरणका लागि उहाँको पहलमा कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपाली भाषामा पहिलोपटक अनुवाद गरिएको थियो । स्थापना दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले एकीकृत कम्युनिस्ट आन्दोलन निर्माणमा जोड दिनुभयो । एमालेले राजधानीमा आज छलफल कार्यक्रमको आयोजना पनि गर्ने भएको छ । यस्तै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि दिवसको अवसरमा शुभकामना दिंदै क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीच एकताको आवश्यक रहेको बताउनुभएको छ ।