Fri. Mar 14th, 2025

धादिङका युवा नेता राजु नेपाललाई नयाँ शक्ति प्रदेश तीनको संयोजकको जिम्मेवारी

१ मंसिर, धादिङ–

धादिङका युवा नेता राजु नेपाललाई नयाँ शक्ति प्रदेश तीनको संयोजकको जिम्मेवारी तोकिएको छ ।

शुक्रबार काठमाडौंमा बसेको नयाँ शक्तिको प्रदेश नं. ३ को बैठकले नेपाललाई संयोजकमा चयन गरेको हो । यसअघि पार्टीको केन्द्रीय कार्यालय सचिवको जिम्मेवारीमा रहेका नेपाल धादिङ धुँवाकोटका स्थायी बासिन्दा हुन् ।

स्कूले जीवनमा सधैं प्रथम हुने राजु नेपालले धुँवाकोटमा आफ्नो प्राथमिक शिक्षा पूरा गरे । अध्ययनकै क्रममा राजधानीको अमृत साइन्स क्याम्पसमा आइएस्सी पढ्दापढ्दै पूर्णकालीन राजनीतिमा होमिएका नेपाल विगत २३ वर्षदेखि सक्रिय राजनीतिको दौडधुपमा छन् । २०५३ साउनमा अमृत साइन्स क्याम्पसमा अध्ययन गर्दा राजनीतिमा सक्रिय भएकै कारण प्रहरी हिरासतमा परेका उनले प्रहरी कस्टडीबाटै औपचारिक राजनीति सुरु गरे ।

नेता नेपालले ०५३ साल, ०५५ साल, ०५८(६० साल गरी ती वर्ष जेल जीवन बिताएका छन् । यो बीचमा उनी पटक-पटक गरेर १० पटकसम्म प्रहरी हिरासतमा पुर्‍याइए । उनले जनयुद्धको बेला विद्यार्थी आन्दोलन हुँदै मकवानपुर र धादिङको नेतृत्व गरिसकेका छन् ।

 

२०७५ मंसिर १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: