Fri. Mar 14th, 2025

धादिङ जिल्लाका काङ्ग्रेस नेता तेजप्रसाद उप्रेतीको निधन


२६ कात्तिक, धादिङ –

नेपाली काङ्ग्रेसका पूर्वमहासमिति सदस्य एवं धादिङ जिल्लाका नेता तेजप्रसाद उप्रेतीको ८४ वर्षको उमेरमा सोमबार निधन भएको छ ।

नेता उप्रेतीको निधनले पार्टीलाई मर्माहत बनाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लोकतान्त्रिक आन्दोलनमा स्व उप्रेतीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

स्व उप्रेतीका श्रीमती, तीन छोरा र चार छोरी छन् । स्व उप्रेतीप्रति पार्टीले श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ । उप्रेतीको पार्थिव शरीर आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने काङ्ग्रेसले जनाएको छ ।

२०७५ कात्तिक २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: