Fri. Mar 14th, 2025

६ संवैधानिक आयोगमा सचिव तोकिए , मन्त्रालयबाटै काम

२६ कात्तिक, काठमाडौं

सरकारले ६ संवैधानिक आयोगहरुमा सचिव तोकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कात्तिक २५ को मन्त्रिस्तरीय निर्णयबाट कर्मचारी खटाएको हो ।

दलित आयोगमा पुरुषोत्तम नेपाल, समावेशी आयोगमा सुरेश अधिकारी र मुस्लिम आयोगमा केदार प्रसाद पनेरुलाई जिम्मेवारी दिइएको छ ।यसैगरी, मधेसी आयोगमा भुपाल बराल, आदिवासी जनजाति आयोगमा रुद्रसिंह तामाङ र थारु आयोगमा रुपनारायण भट्टराईलाई सचिवको रुपमा काम गर्न जिम्मेवारी दिइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत सहसचिवहरुलाई आयोगको प्रशासनिक कार्य सञ्चालनका लागि मन्त्रीस्तरीय निर्णयबाट सचिवको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

आयोगको कार्यालय नखुलिसकेकाले तत्कालका लागि मन्त्रालय भित्रैबाट काम हुनेछ । ’एक आयोगमा सचिवको नेतृत्वमा ३० जना कर्मचारी रहने निर्णय यसअघि नै सरकारले गरिसकेको छ ।

२०७५ कात्तिक २६ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: