Sun. Mar 16th, 2025

कंगोमा ईबोलाका कारण २ सय बढीको मृत्यु


२५ कात्तिक, कंगो –

मध्य अफ्रिकी मुलुक कंगोमा ईबोला भाइरसका कारण मृत्यु हुनेको संख्या २ सय नाघेको छ ।

तीमध्ये आधा बढी उत्तरी क्षेत्रस्थित बेनी शहरका नागरिक रहेको त्यहाँको राष्ट्रिय स्वास्थ्य प्राधिकरणले जनाएको छ । बेनी शहरका ८ लाखमध्ये २५ हजारलाई ईबोलाविरुद्धको सुई दिईएपनि नियन्त्रण प्रयास प्रभावकारी हुन नसकेको बीबीसीले उल्लेख गरेको छ । यद्यपि, सरकार विरोधी हिंंसात्मक गतिविधि गर्दै आएका विद्रोहीले ईबोला नियन्त्रणका लागि खटिएका स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गरेको त्यहाँका स्वास्थ्य मन्त्री ओली लुङ्गाको भनाई छ ।

विद्रोहीको आक्रमणका कारण ईबोलाविरुद्धको सुई लगाउने अभियान नै प्रभावित बन्दै आएको छ । गृहयुद्ध तथा राजनीतिक संकटको सामना गरिरहेको कंगोमा ईबोला संक्रमण गत जुलाईबाट पुनस् देखिएको हो ।

अभियानमा खटिएको राष्ट्र संघीय स्वास्थ्यकर्मीको टोलीले विद्रोहीका कारण सास्ती भोग्नुपरेको भन्दै बाधा नपुर्‍याउन आग्रह गरे पनि त्यसो हुन सकेको छैन । गत साता विश्व स्वास्थ्य संगठनले कंगोमा कमजोर सुरक्षा अवस्थाका कारण ईबोला महामारी नियन्त्रणमा चुनौती भएको बताएको छ ।

२०७५ कात्तिक २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: