Sun. Mar 9th, 2025

तिहारका लागि ६० करोडको झिलिमली बत्ती आयात

१८ कात्तिक, धादिङ  –

उज्यलो पर्व तिहारमा झिलिमिली बिजुली बत्ती जोडने प्रचलन पुरानै हो । शहरमा मात्रै होइन, गाउँघरमा पनि तिहारमा झिलिमिली बत्ती जोड्ने प्रचलन सामान्य बनेको छ । त्यसैले विभिन्न किसिमका रंगीबिरंगी बत्तीको बिक्री वितरण तिहार नजिकिएसँगै उच्च छ ।

झिलिमिली बत्तीकै लागि तिहारमा मात्र नेपालबाट कति रकम बाहिरन्छ त ? नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेलका अनुसार तिहारमा यो वर्ष ५० देखि ६० करोडभन्दा बढी मूल्य बराबरको झिलिमिली बत्ती नेपाल भित्रिएको छ ।

अहिले तिहारका लागि बजारमा यस्ता बत्तीको कारोबार सुरु भइसकेको छ । इलेक्टि्रक पसलदेखि विभिन्न खुद्रा पसलहरुमा समेत सिजनल ब्यापारका रुपमा यो बत्ती बेच्ने क्रम सुरु भएको छ । सडकपेटीमै पनि यो बत्ती बेच्नेहरु भेटिन्छन् ।

महासंघका अध्यक्ष खरेलका अनुसार यसवर्ष तिहारका लागि झण्डै ६० करोड रुपैयाँ भन्दा बढीको बत्ती विदेशबाट आयात भएको छ । थुप्रै होलसेलरहरुले तिहारका लागि यत्तिको बत्ती झिकाएका हुन् ।

‘झिलिमिली बत्ती तिहारको समयमा मात्रै बिक्री हुन्छ । अन्य समयमा त यसको बिक्री हुँदैन नै भन्दा हुन्छ,’ खरेलले भने, ‘व्यावसायीले यो वर्ष झण्डै ५० देखि ६० करोड रुपैयासम्मको झिलिमिली बत्ती झिकाएका छन् ।’

यी बत्ती डेढ अर्ब रुपैयाँ बराबरमा कारोबार हुन्छ । यसमा उपभोक्ताले बिजुलीको महशुलको हिस्सा समावेश छैन । तिहारको समयमा यस्ता बत्ती धेरै जोडिने भएकाले बिजुलीको माग दोब्बर भन्दा बढी खपत हुन्छ ।

२०७५ कात्तिक १८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: