Mon. Mar 10th, 2025

बार्सिलोनाको अपराजित यात्रा कायमै


१८ कात्तिक, धादिङ  –

स्पेनिस ला लिगमा शीर्ष स्थानको बार्सिलोनाले जितको यात्रालाई निरन्तरता दिएको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले रियो भालेकानोलाई उसकै मैदानमा तीन दुईको कठिन जित निकाल्यो । बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई गोल गरे । निकै रोमाञ्चक बनेको खेलको ११ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनाले अग्रता बनाएका थियो ।

लियोनल मेस्सी बिना नै मैदानमा उत्रिएको बार्सिलोना विरुद्ध रियोले ३५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्‍यायो । उसका लागि जोस एञ्गल पोजोले गोल गरे ।

पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा एल्भारो गार्सियाले गोल गर्दै घरेलु टिम भालेकानोलाई अग्रता दिलाए । तर ८७ औं मिनेटमा डिम्बालाले बार्सिलोनाका लागि बराबरी गोल गरे ।

खेलको अन्तिम समयमा लुइस स्वारेजले सेर्गी रोबेर्टोको पासमा उत्कृष्ट फिनिस गरेपछि बार्सिलोनाले बाढिसकेको अंक आफ्नो पक्षमा पार्‍यो । जितपछि बार्सिलोनाले ११ खेलबाट २४ अंक बनाएको छ ।

२०७५ कात्तिक १८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: