Fri. Mar 14th, 2025

जनकपुर रेलमार्ग निरीक्षण

१७ कात्तिक, जनकपुरधाम

जयनगर–जनकपुर रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले शुक्रबार कुर्था स्टेसनमा कामको जानकारी लिएका छन्। जयनगरबाट कुर्थासम्म ३५ किलोमिटरमा आगामी पुसदेखि रेल गुड्ने मन्त्री महासेठले बताए। ‘रेलमार्ग तयार भइसकेको छ’, उनले भने, ‘स्टेसन निर्माण द्रुत गतिमा भइरहेको छ। काम समयमै सकिन्छ।’ पहिलो चरणमा कुर्थासम्म, दोस्रोमा बर्दिबाससम्म र त्यसपछि चार वर्षभित्र निजगढसम्म रेल गुड्ने उनले सुनाए।

उनका अनुसार भारतबाट रेल खरिद गरेर चलाइनेछ। ‘खरिद गर्न नसके भाडामा ल्याइने रेल नेपालको झन्डा राखेर चलाउँछौं’, उनले भने। भारतको झन्डा नराखिने उनको भनाइ थियो। कर्मचारी व्यवस्थापन गर्न समस्या नहुने उनले बताए। ‘रेल गुडाउन ५–७ जनाको प्राविधिक टोली मात्र भारतबाट ल्याइनेछ’, उनले भने, ‘यहाँ दक्ष प्राविधिक तयार भइसकेपछि भारतीय टोली फर्किनेछ। अन्य कर्मचारी नेपाली नै रहनेछन्।’

रेल चढ्न पाइने भएपछि स्थानीय उत्साहित छन्। स्थानीय सुरेश साहले रेल सेवाले यो क्षेत्रको विकाससँगै देशलाई फाइदा पुग्ने बताए। ‘जनकपुर आउने भारतीय पर्यटकको संख्या बढ्नेछ’, उनले भने, ‘जसले गर्दा यस क्षेत्रको विकासमा टेवा पुग्छ।’ रेल सञ्जाल विस्तार गर्न भारत सरकारसँग सन् २०१० मा सम्झौता भएको थियो। सोहीअनुसार २०११ माघ महिनादेखि निर्माण थालिएको थियो। सानो रेलको लिक विस्थापित गरी ठूलो निर्माण गरिएको छ।

२०७५ कात्तिक १७गते प्रकाशित

About The Author

अन्य समाचारहरु: