Thu. Mar 13th, 2025

जुगल हिमाल आरोहण खोल्न केन्द्रलाई प्रदेश ३ सरकारको आग्रह

८ कात्तिक, हेटौंडा

प्रदेश ३ सरकारले सिन्धुपाल्चोकमा रहेको जुगल हिमाल आरोहण खुला गर्न नेपाल सरकारसँग अनुरोध गरेको छ ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा सो हिमालको आरोहण खुला गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

यस अघिदेखि नै जुगल हिमाल आरोहण खुला गर्ने चर्चा चले पनि अहिलेसम्म हुन सकेको छैन ।सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको गोल्चे र गुम्बामा पर्ने जुगल हिमालको क्षेत्रभित्र दोर्जे लाक्पा, फुर्बा घिप्चेलगायतका हिमाल पनि रहेका छन् ।

२०७५ कात्तिक गते प्रकाशित

About The Author

अन्य समाचारहरु: