Mon. Mar 10th, 2025

यू १५ साफ च्याम्पियनसिप आजदेखि, नेपाल माल्दिभ्ससँग खेल्ने

७ कात्तिक, धादिङ –

 

यू १५ साफ च्याम्पियनसिप फुटबलको चौथो संस्करण बिहीबारदेखि ललितपुरमा सुरु हुदैंछ । प्रतियोगितामा नेपालसहित माल्दिभ्स र बंगलादेश एउटा समूहमा रहेका छन् ।

यसैगरी अर्को समूहमा भारत, पाकिस्तान र भुटान रहेका छन् । बिहीबारको उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्ने छन् । ललितपुरको एन्फ मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल बिहान साढे ११ बजे हुने छ ।

त्यसपछि बिहीबार नै दिउँसो ३ बजे नेपाल र माल्दिभ्स आमने सामने हुनेछन् । यू १५ साफ च्याम्पियनका अहिलेसम्मका सबै संस्करणमा भाग लिएको नेपाल दुई पटक फाइनलमा पुगे पनि उपाधि भने जित्न सकेको छैन ।

२०७५ कात्तिक ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: