Thu. Mar 13th, 2025

ढुक्क भएर चाडपर्व मनाउनुहोस्, सुरक्षा हामी दिन्छौँ एसपी विक (भिडीयो सहित)

२०७५ सालको बडादशै, शुभदिपावली र छठ लगायत विभिन्न पर्वहरु नजिकिदै आईरहेको छ । प्रहरीले विभिन्न ठाउँमा सुरक्षा सर्तकता पनि अपनाईरहेका छन् । अहिले दशै नजिकीरहदाँ जिल्लाको शान्ति, सुरक्षाको तयारीको विषयमा जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख डम्बर विक संग पाविलन्युज डट कमले गरेको कुराकानी

चाडपर्व नजिकिईरहेको छ, जिल्लामा शान्ति सुरक्षाको अवस्था कसरी मिलाईरहनुभएको छ ?

अहिले जिल्ला प्रहरी कार्यलय धादिङले विशेषगरी चाडपर्व दशैलाई लक्षित गरेर एउटा सार्वजनिक कार्यक्रम संचालन गरेका छौ । सवै मानिसहरु चाडपर्व मनाउन खुसीका साथ हर्सोल्लासका साथ आफ्नो ठाउँमा जाने गर्दछन् र त्यहाँ आउँदा कुनै पनि किसिमको समस्या नहोस् भनेर हामीले यात्रु साहायता कक्ष निर्माण गरेका छौ । जिल्लाभरीका विभिन्न ६ वटा स्थानमा संचालन गरेका छौ । ग्रामिण स्थरका चौकीहरुमा पनि विशेष सुरक्षा योजनाहरु तयार गरेका छौ । हामीले सुरक्षाकर्मीहरुलाई दशै बिदा दिएका छैनौ । दैनिक काम संचालनमा रहेका आकस्मिक फाँटमा काम गर्नेहरु बाहेक गाउँगाउँमा सुरक्षा गस्ती विशेषगरी राजमार्ग क्षेत्रमा सहि साबको कमान्डमा सुरक्षा गस्ती नागढुङगा देखि खानीखोला सम्म जाम हुने भएको कारण त्यो जामलाई पनि न्युनिकरण गर्नको लागि ट्राफिक सहितको नया युनिट साईरन रहितको मोटरसाईकल स्वरुप गस्ति संचालन गरेका छौ । जिल्ला प्रहरी कार्यालयले ड्युटी बाहेका तत्कालै घटना घट्यो भने स्ट्यान्ड बाई राखिएको छ । हामीले विशेषगरी बिदालाई पुरै हटाएका छौ । हामीले बढि जनघनत्व भएको ठाउँ गाउँ केन्द्रित योजना, शहर केन्द्रित सुरक्षा योजना र राजमार्ग केन्द्रित सुरक्षा योजना बनाएका छौ ।

 धादिङ जिल्ला राजधानी र उत्तरी क्षेत्र चीनसँग जोडिएको जिल्ला पनि हो, विगतका दिनहरुमा राजमार्ग, सदरमुकाम र उत्तरी क्षेत्रमा सुरक्षा चुनौती जटिल भएको अनुभवन पछि छ, ती क्षेत्रमा सुरक्षा कसरी दिने तयारी गरिहनु भएको छ ?

जिल्ला प्रहरी कार्यलयमा रहेको जनशक्तिलाई ग्रामिण क्षेत्रमा परिचालन गर्ने एउटा आधार के छ भने अहिले नगरपालिकाले सिसी टिभी राखेको हुनाले सडकमा भएका घटनाहरुलाई कम जनशक्तिले पनि हेर्ने र वाँकी जनशक्तिले ग्रामिण क्षेत्रहरुमा लिएर गएका छौ । वर्षातको समय पश्चात सवारी चाप पनि गाउँतिर वढिरहेको छ , सडकहरु बन्दैछन् । सल्यान्टार लगाएतका क्षेत्रमा ट्राफिक व्यवस्थापन गर्न सकियो भने किनभने यात्रुको चापले सवारी दुर्घटना न्युनिकरण गर्न सकियो भने सवारी दुर्घटना कमी हुन्छ भन्ने हिसावले ट्राफिक व्यवस्थापनमा लागिरहेका छौ ।

 चाडपर्व नजिकिरहदाँ बजारक्षेत्रमा चोरी डकैती लुटपाटको घटना बढिरहेको छ, यसको न्यूनिकरणका लागि कसरी व्यवस्थापन गरिरहनुभएको छ ?

पछिल्लो समयमा केहि पसलहरु चोरी भए , यो चोरीको विषयमा थप अनुसन्धान गरिरहेका छौ । दैविक प्रकोप जस्तै भुकम्पको समयमा बाहिरवाट मान्छेहरु आउने र त्यहि मान्छेहरुबाट पनि यस्ता घटनाहरु हुन सक्ने अनुमान गरेका छौ । यहाको मान्छेको अवस्था र बाहिरको मान्छेको भिन्नतालाई जवसम्म हामीले अनुमान गर्न सक्दैनौ तबसम्म चोरीका घटनाहरु घटिरहेका हुन्छ । विगतमा भएका एउटा किसीमका चोरीहरुलाई शुष्म ढङगबाट अनुसन्धान गरेका छौ । त्यसको लागि हामीले सुचना संकलन गर्ने चोरी भएका पीडित पक्षबाट नै अरु कुनै थप सुझावहरु आउछ की भनने खालको बुझिरहेका छौ । र सुनचाँदी व्यवसायीहरुबाट पनि चोरी भएका सुनहरुको स्याम्पललाई दिएका छौ कि त्यस्ता गहनाहरु आए भने हामीलाई खवर गरिदिनुहोला भनेका छौ । अहिले बजारमा वित्तीय सस्थाहरु व्यापक रुपमा स्थापना भएका छन् सुनचादी व्यवसायीहरुको पनि त्यस्तै समस्या रहेको छ । उहाँहरुलाई पनि सुरक्षा दिनुपर्ने छ । यात्रुहरुलाई पनि गन्तव्य स्थानमा जानलाई पनि समस्या छ भने त्यहाँ पनि यातायात व्यवसाय संग समन्वय गरेर हामीले सुरक्षित रुपमा गन्तव्य स्थानमा पुराउने कुराहरुलाई स्थानिय प्रशासन संग मिलेर हामीले के गर्दा ठिक हुन्छ भनेर सुरक्षाको निम्ती लागेको छौ । पक्कै पनि समाजमा अपराध हुन्छ त्यो अपराध पश्चात हाम्रो लगाव अनुसन्धान र पिडीत पक्षलाई हामीले कत्तिको विश्वास दिलाउन सक्छौ भन्ने कुरा पनि हामी सक्रिय रुपमा लागेका छौ ।

 अहिले वर्षातमा बिग्रिएको सडकहरु विस्तारै सवारी साधनहरु चल्न सुरु भएको छ र राजमार्ग क्षेत्रमा पनि सवारी चाप पनि उत्तिकै बढिरहेको छ यस्तो अवस्थामा दुर्घटना बढि हुने गरेको छ, यो दुर्घटना हुुन नदिनको लागि प्रहरीले कस्तो कस्तो भुमिका निर्वाह गरेको छ ?

अहिले सवारी साधनको संख्या कमी र यात्रुको संख्या बढि भएको कारणले गर्दा यात्रुहरु जसरी पनि आफ्नो गन्तव्यमा पुग्नुपर्ने भएको कारणले क्षमता भन्दा बढि यात्रुहरु लैजाने प्रवित्ती देखिएको छ । हामीले जहाँबाट सवारी साधन छुट्छ त्यहाँ सवारी चालकहरुलाई सिट क्षमता भन्दा बढि यात्रुहरु नराख्न अनुरोध गरेका हुन्छौ । यातायात व्यवसायीहरुले चाडलाई लक्षित गरेर सवारी साधनको थप व्यवस्था गर्नु भयो भने दुर्घटना न्युनिकरण गर्न सहयोग हुन्छ ।

 धादिङ जिल्लाका व्यक्ति र भुगोल बढि लागु औषधको कारोबारमा मुछिएको ठाउँ हो, यसमा प्रहरीको समावेशीता कमी भएको हो की प्रहरी नै त्यसमा संलग्नता भएको हो ?

लागु औषध एक जगन्य अपराध हो यसको उत्पादन र प्रयोग कानुन विपरीतको कुरा हो । यदि यसमा प्रहरी संलग्नता भयो भने कानुनी दायरामा आईहाल्छन् । यसको न्युनिकरणको लागि विशेष त जनचेतनामुलक कार्यक्रम नै हो । त्यसको लागि हामीले स्कुल स्कुलमा प्रहरी कार्यक्रम लागु गरेका छौ । १९ हजार ३ सय ५० बालबालिकाहरुलाई यौनजन्य अपराध अन्य कुराको विषयमा जनचेतना जगाउने कार्यक्रम राखेको थियौ । विशेषगरी राजमार्गमा सुरक्षा भनेको चुनौतिको विषय बनेको छ । ७६÷७७ जिल्लाको एउटा लाईफलाईन भयो , राजधानीसंग सिधै जोडिएको जिल्ला भएकोले चुनैती बढि छ । विभिन्न जिल्लाको सुचनाहरु संकलन गर्ने र त्यसको लागि टोलटोलमा प्रहरी गाउँगाउँमा प्रहरी संचालन गरेर पनि सुचना लिने प्रयास गरिरहेका छौ । धादिङ जिल्ला धेरै विकासको सम्भावना बोकेको जिल्ला हो । यहाका स्थानियहरु र प्रशासन संग एकदम सहयोगी रहेका छन् । हामीलाई सुचना लिनको लागि पनि सहयोग भईरहेको छ ।

अहिले स्कुल स्कुलमा प्रहरी अभियान संचालन गरिरहनुभएको छ, यसको सर्थकता र उपलब्धी के के भईरहेको छ ?

हामीले यो कार्यक्रम संचालन गरेको एक महिना भयो । हामीले यसमा विभिनन किसीमका श्रव्य दृश्यहरु अहिले अपराधिक कानुन अपराधिक संहियता धदौ एक गतेबाट लागु भएको यसको विषयमा शिक्षक, विद्यार्थी, अविभावक र विद्यालय व्यवस्थापन समितिलाई संगै राखेर छलफल गर्दा विगतका घटनाहरु पनि धेरै आएको छ । यसको सार्थकता भनेको यसको चेतना बढेको छ । हामीले यसलाई एक महिना मात्र होईन यदि विद्यालय संग मिलेर यसलाई लगातार दिन सकियो भने अझ प्रभावकारी रहनेछ ।

चाडपर्व आईरहेको छ, प्रहरी स्वास्थ्यकर्मी र संचारकर्मी विशेषत जुनसुकै बेला पनि खटिरहेका हुन्छन्, प्रहरीको चाँहि दशैको योजना कस्तो छ ?

चाडपर्वको रुपमा म आफै रमाउने हो भने म किन यो सेवामा आउने त भन्छु , चाडपर्व जनताहरुले नै राम्रो संग मनाउनुहुनेछ र उहाको सुरक्षाको लागि हामी लागी परेका हौ । हामी आफ्नै तरिकाले पनि प्रहरी परिवार भित्र रमाउने गर्दछौ । जेष्ठ सदश्यको हातबाट टिका थापेर दशै मनाउछौ ।

२०७५ असोज २८गते प्रकाशित

About The Author

अन्य समाचारहरु: