Mon. Mar 10th, 2025

‘नेत्रावती डपजोङ कप’ फुटबल प्रतियोगिता सुरु


२५ असोज, धादिङ –

‘दोस्रो नेत्रावती डबजोङ्ग कप फुटबल प्रतियोगिता९२०७५’ मार्पाकमा शुरु भएको छ ।

प्रतियोगीताको नेत्रावती डबजोङ्ग गाउँँपालिकाको कार्यालयको प्रमुख प्रशाशकिय अधिकृत श्री डिलमान शाक्य र नेपाली काग्रेस जिल्ला समितिका सदस्य ठाकुर गुरुङ्ग बाट संयुक्त रुपमा उद्घाटन गरिएको छ ।

२० टिमको सहभागिता रहेको प्रतियोगीता असोज ३० गतेसम्म संचालन हुने आयोजक समितिले जानकारी दिएको छ । पहिलो दिन सम्पन्न प्रतियोगीतामा डुप्चे युवा क्लब(A)र आयोजक(D) बिचको खेलमा डुप्चे युवा क्लब(A) बिजयी भएको छ ।

प्रतियोगीतामा प्रथम हुने टिमलाई ६६ हजार ६ सय ६६, दोस्रो हुनेलाई ३३ हजार ३ सय ३३ नगद , मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

२०७५ असोज २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: