Mon. Mar 17th, 2025

बंगलादेशमा १९ जनालाई मृत्युदण्ड


२५ असोज, बंगलादेश –

बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ ।

तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्यालीमा ग्रिनेड आक्रमण गरिएको थियो । आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए ।

तत्कालीन प्रधानमन्त्री खालेदा जियाका छोरा तारिक रहमान समेतका ४९ जना विरुद्ध उक्त आक्रमणको आरोप लागेको थियो ।

रहमानमाथि आक्रमणको योजना बनाएको आरोपमा मुद्दा चलेको छ ।

५० वर्षीय रहमान भने सन् २००८ मा देश छाडेर बेलायतको लन्डनमा निर्वासित जीवन व्यतित गरिरहेका छन् ।

भ्रष्टाचारको आरोपमा गत फेब्रुअरीमा पाँच वर्षका लागि खालेदा जिया जेलमा थुनिएपछि निर्वासनबाटै रहमानले प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी बीएनपीको नेतृत्व गरिरहेका छन् ।

हामी फैसलाका लागि भगवानलाई धन्यवाद दिन्छौँ,ु कडा सुरक्षाबीच सरकारी वकील मोसाराफ होस्सैनले बताए । हाम्रो आशा छ तारिक रहमानले पनि मृत्युदण्ड पाउने छन् ।, कान्तिपुर दैनिकमा खबर छ ।

२०७५ असोज २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: