Fri. Mar 7th, 2025

खाद्य संस्थानले भोलिबाट खसीबोका र च्याङ्ग्रा बेच्ने

२४ असोज, काठमाडौं

खाद्य संस्थानले दशैंका लागि काठमाडौंमा भोली (बिहीबार) बाट खसी–बोका र च्याङग्रा बिक्री थाल्ने भएको छ । संस्थानका अनुसार आजदेखि तराईका खसीबोका र हिमालका च्याङ्ग्रा काठमाडौं भित्रिँदैछन् ।

बुधबार बेलुकासम्म हेटौैंडाबाट पहिलो चरणमा १ सयभन्दा बढी खसीबोका काठमाडौं आइपुग्ने संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिए । उनका अनुसार म्याग्दीमा ल्याएर राखिएका मुस्ताङका च्याङ्ग्रा आज लोड गरेर भोलि बिहानसम्म काठमाडौं आइपुग्नेछन् । च्याङग्रा पनि पहिलो चरणमा १ सयकै हाराहारीमा ल्याइँदै छ ।

एकैपटक ल्याउँदा ढुवानीमा समस्या हुने र क्षतिको पनि खतरा हुने भएकाले चरणबद्ध रुपमा ल्याउन लागिएको हो । दशैंलाई लक्षित गरेर संस्थानले काठमाडौंको हकमा हरेक वर्ष प्रचलित मूल्यभन्दा केही छुट दिएर खसी, बोका र च्याङ्ग्रा विक्रि गर्दै आएको छ ।

२०७५ असोज २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: