
२४ असोज, काठमाडौँ,
दशैंका लागि अाजदेखि सार्वजनिक सवारी साधनलार्इ इजाजतपत्र (रुट परमिट) खुला भएकाे छ । यातायात व्यवस्था विभागले जुनसुकै रूटका सार्वजनिक सवारी साधनलार्इ निर्वाध रूपमा देशभरी सञ्चालन गर्न दिन रूट परमिट खुला गरेकाे हाे ।
दशैंमा यात्रुकाे सहज अावतजावतका लागि अाजदेखि ३१ असाेजसम्म रूट परमिट खुला गरिएकाे यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य कुमार ढकालले जानकारी दिए ।इजाजतपत्र खुला भएसँगै सवारी चालकले यात्रुलाई सहजरुपले गन्तव्यमा पुर्याउन र ल्याउनका लागि पालो पर्खनु नपर्ने उनले बताए ।
दशैंका लागि काठमाडाैंबाट बाहिरिने यात्रुकाे संख्या उच्च हुने तथा रूट परमिटका कारण सवारी साधनकै अभाव हुने हुँदा यात्रा सहज पार्न पनि खुला गरिएकाे उनी बताउँछन् ।विभागले सो समयमा सामान बोकेर काठमाडौं भित्रिने ठूला सवारी साधन (मालवाहक टेलर मात्र) लाई सञ्चालनमा रोक लगाएको छ ।
ठूला सवारी साधन बाटोमा गुड्दा अरु सवारी साधनलाई आवागमनमा समस्या हुने भएकाले अाजदेखि ३१ गतेसम्म नारायणघाटबाट काठमाडौं आउने सवारी साधनलाई रोक लगाइएकाे महानिर्देशक ढकालले जानकारी दिए ।
२०७५ असोज २४ गते प्रकाशित