६ बैशाख, धादिङ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) धादिङले सार्वजनिक यातयातमा भइरहेको हालको अवैधानिक भाडादरमा परिमार्जन र ४५ प्रतिशत विद्यार्थी सहुलियमा कार्यन्वयनको माग गदै जिल्ला प्रशासन कार्यलय धादिङमा ज्ञापन पत्र बुझाएको छ ।
अनेरास्ववियु धादिङका अध्यक्ष सन्तोषराना क्षेत्रीको नेतृत्वमा गएको एक टोलीले सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मालाई ज्ञापन पत्र बुझाएको हो । धादिङ जिल्लाभर चल्ने यातयातका साधनहरुमा तोकिएको भन्दा बढी भाडा लिने गरिएको पाइएकोले तत्काल समायोजन गर्न अनेरास्ववियु धादिङले माग गरेको छ । धादिङको राजमार्ग तथा ग्रामीण भेगमा चल्ने सवारीहरुले यात्रुसँग मापदण्ड विपरित भाडा लिने गरेको पनि अनेरास्ववियुले प्रकाशित गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
धादिङ जिल्लाभर चल्ने सवारी साधन साधनहरुले विद्यार्थी सहुलियतमा ४५ प्रतिशत छुट नदिएको भन्दै जिल्ला शिक्षा कार्यलय धादिङ, धादिङ यातयात व्यवसायी संघ, ग्रामीण यातयात व्यवसायी संघ, धादिङ माइक्रो व्यवसायी संघलाई समेत ध्यानाकर्षण गराएका छन् । आफ्ना मागहरु ७ दिनभित्र पूरा नभए चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु गर्ने अनेरास्ववियु धादिङले जनाएको छ ।