Mon. Mar 10th, 2025

‘दोस्रो नेत्रावती डपजोङ कप’ फुटबल प्रतियोगिताको तयारी तीब्र


२० असोज, धादिङ  –

असोज २४ गतेदेखि संचालन हुने मार्पाकमा ‘दोस्रो नेत्रावती डपजोङ कप’ फुटबल प्रतियोगिताको तयारी तीब्र पारिएको छ ।

धादिङको नेत्रावती डपजोङ गाउँपालिका स्थित मार्पाकमा हुने प्रतियोगिता असोज ३० गतेसम्म संचालन हुनेछ । मार्पाक सामुदायिक क्लबको आयोजना, सुकेल छार युवा क्लब, पोल्चेत युवा क्लब, लामिडाडा युवा समाज, थला जनचेतना युवा समाजको सहआयोजना, नेत्रावती डपजोङ्ग गाउँपालिकाको कार्यालयको सहकार्य तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा प्रतियोगीता हुन लागेको हो ।

प्रतियोगीतामा प्रथम हुने टिमलाई ६६ हजार ६ सय ६६, दोस्रो हुनेलाई ३३ हजार ३ सय ३३ नगद , मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रत्येक खेलमा म्यान अफ द म्याच ट्रफी, उत्कृष्ट ६ खेलाडीलाई बेष्ट प्लेयर ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका काजीराम अधिकारीले जानकारी दिए ।

कार्यक्रममा दशैको शुभकामना आदानप्रदानका साथै विविध साँस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जानकारी दिएको छ ।

२०७५ असोज २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: