
१९ असोज,धादिङ-
धादिङको धुनिबेशिनगरपालिका वडा नम्बर ६ चालिसेमा औद्यौगीक ,ब्यवसायिक , साँस्कृतिक , पर्यटन तथा ब्यापार मेला भन्ने नाराका साथ बृहत् दसैँ , तिहार मिनी महोत्सव हुने भएको छ । कालिका युवा समाज चालिसेको आयोजनामा महोत्सव हुन लागेको हो ।
महोत्सको बिषेश आकर्षणका रुपमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सवमा दसैँ तथा तिहारको अवसरमा चाहिने सम्पुर्ण बस्तुहरु पाईने आयोजकले जानकारी दिए। । महोत्सव अशोज २३ गतेदेखि कार्तिक १ गते सम्म चल्नेछ ।
नेपाल मेला महोत्सव सँघको सहयोगमा हुन गईरहेको महोत्सवमा बाल उद्यान तथा फन पार्क पनि हुने आयोजक राजु भुजेलले जानकारी दिनु भयो । स्वास्थ्य , शिक्षा ,पर्यटन उद्योग ,खेलकुद कला सँस्कृति बिबिध क्षेत्रको पहिचान गरी मेला मार्फत प्रचारप्रसार गर्ने आयोजकको उदेश्य छ ।
२०७५ असोज १९गते प्रकाशित