Fri. Mar 7th, 2025

चाडपर्व नजिकिदै गर्दा धादिङमा अनुगमन तिब्र

१८ असोज, धादिङ-

चाडपर्व नजिकिदै जादा धादिङमा स्थानीय प्रशासनले दैनिक उपभोग्य बस्तुहरुको मुल्यमा एक रुपताका बनाउन एब होटल तथा रेष्टुरेण्टहरुमा ग्राहक नठगिउन भनेर राजमार्गमा अनुगमन सुरु गरेको छ ।

राजमार्गहरुमा होटलहरुले यात्रुसग जथाभाबी मुल्य लिएको जिल्लाका मुख्य ब्यपारीक केन्द्रहरुमा दैनिक उपभोग्य बस्तुहरुको मुल्यमा बजार रै पिच्छे फरक फरक भएको भन्ने जन– गुनासो आउन थाले पछी स्थानीय प्रशासनले बजार अनुगमन गरेको हो ।

दशैको बेला राजमार्ग हुदै आफ्नो गन्तब्यमा जाने यात्रुहरुले खाना तथा खाजा खादा बढि मुल्य तिर्नु पर्ने  ब्यापारीहरुले उपभोग्य बस्तुहरु कृतीम अभाव श्रृजना गरी महङ्गो मुल्यमा विक्रि गर्न सक्ने भन्दै अनुगमन गरीएको स्थानीय प्रशासनले जनाएको छ ।

बजार अनुगमन गर्दा यात्रुहरु नठगिने भएकाले बजार अनुगमनलाई निरन्तरता दिनुपर्ने यात्रुहरुले बताएका छन् । अनुगमनका क्रममा धेरै जसो दैनिक उपभोग्य बस्तुहरुको मुल्य उस्तै उस्तै भए पनी होटल पिछे खाजा नास्था चिसो पिय पदार्थ चिनी , मसला आदिकोे मुल्य भने पसला अनुसार फरक फरक पाईएको थियो ।

अत्याधिक मुल्य लिने होटल तथा रेष्टुरेण्ट एव ब्यापारीहरुलाई स्थानीय प्रशासनले तत्काल मुल्य समायोजन गर्न निदेशन दिएको छ । राजमार्गमा भएर हजारौ यात्रुहरु आवत जावत गर्ने भएका कारण यात्रुहरु नठगिउन भन्दै रामार्गमा संञ्चालीत होटलहरुमा कडाईका साथ अनुगमन गरीने पनि स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन धादिङले बिहीबार राजमार्गमा रहेका दश वटा होटल तथा रेष्टुरेण्टहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा सरसफाईको कमी , सामानको पसल पिच्छे फरक फरक मुल्य रहेको भटिएको छ ।

२०७५ असोज १८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: