

१८ असोज, धादिङ –
फ्रेन्च क्लब पीएसजीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा रेड स्टार बेलग्रेडलाई ६ एक गोलको फराकिलो अन्तरले हराएको छ । पीएसजीको जितमा नेइमारले ह्याट्रिक गरेका छन् ।
घरेलु मैदानमा भएको एकतर्फि खेलमा पीएसजीले खेलको २२ मिनेटमा दुई गोलको अग्रता बनाएको थियो । दुबै गोल नेइमारले गरेका थिए । ३७ औं मिनेटमा काभानीले पीएसजीका लागि तेस्रो गोल गरे ।
त्यसपछि ४१ औं मिनेटमा डी मारियाले चौथो गोल थपे । पहिलो हाफमा नै चार गोल गरेको पीएसजीले दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल खान पुग्यो । ७० औं मिनेटमा केलियन एम्बाप्पेले पाँचौ गोल गरे ।
७४ औं मिनेटमा पाहुना टिमले एक गोल फर्काए । रेड स्टारका लागि मारिनले एक गोल फर्काए । ८१ औं मिनेटमा नेइमारले व्यक्तिगत ह्याट्रिक पूरा गरे ।
२०७५ असोज १८ गते प्रकाशित