Fri. Mar 7th, 2025

प्राधिकरण र आँखु खोलाबीच विद्युत खरीद सम्झौता

१७ असोज, धादिङ –

 

नेपाल विद्युत् प्राधिकरण र माथिल्लो आँखु खोला जलविद्युत् आयोजनाको प्रवर्द्धक धादिङ आँखु खोला हाइड्रो पावर लिमिटेडबीच विद्युत् खरीद सम्झौता भएको छ ।

सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवर्द्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणि चौलागाईले मंगलबार हस्ताक्षर गर्नुभयो ।

आयोजनाको कूल क्षमता ३८ मेगावाट रहेको छ भने लागत रु करीब आठ अर्ब रहेको छ । सम्झौताअनुसार हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ८० पैसा र बर्खामा चार रुपैयाँ ४० पैसामा विद्युत् खरीद गरिनेछ । आयोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

राजधानीको नजीक र पहुँचमार्गसमेत निर्माण भइसकेको उक्त आयोजनालाई आकर्षक आयोजनाका रुपमा लिइन्छ ।

२०७५ असोज १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: