१४ असोज, धादिङ –
जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख महेश्वर श्रेष्ठ नेपाल जनस्वास्थ्य संघको महासचिव पदमा निर्वाचित भएका छन् । काठमाडौँमा सम्पन्न संघको निर्वाचनले श्रेष्ठलाई महासचिवमा निर्वाचित गरेको हो ।
संघको अध्यक्षमा नेपाल जनस्वास्थ्यकर्मी संघ (प्रजातान्त्रिक) समूहका श्रीकृष्ण भट्ट निर्वाचित भएका छन् । यसैगरी उपाध्यक्ष, कोषाध्यक्ष र सहकोषाध्यक्षमा प्रजातान्त्रिक समूहका तर्फबाट क्रमशः कृष्णमान शाक्य, विनोद जोशी र सञ्जीवकुमार साह विजयी भएका छन् । सचिव पदमा भने नेपाल प्रगतिशील समूहका दीपेन्द्र खड्का विजयी भएका छन् ।
संघको कार्यसमितिको १५ पदमा निर्वाचन भएको थियो । निर्वाचनमा सदस्य पदमा रविकान्त मिश्र, कमल रानाभाट, निधुराम दङ्गाल, राजनबाबु सिलवाल, कैलाश श्रेष्ठ, रामचन्द्र सिन्हा, प्रजिता माली, रोशन लामा र विमला भट्ट निर्वाचित भएका छन्।
२०७५ असोज १४ गते प्रकाशित