१३ असोज, धादिङ –
धादिङबेसीमा रहेको जनता पुस्तकालयको अध्यक्षमा पुनः देवीप्रसाद अधिकारी सर्बसम्मत चयन भएका छन् ।
पुस्तकालयको आठौँ अधिवेशन तथा साधारणसभाले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्षमा कासिका अर्याल (सृजना), सचिवमा अमृत अधिकारी, कोषाध्यक्षमा सरिता श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा विष्णुप्रसाद सिलवाल, डा.मुरारी अधिकारी, प्रकाश पौडेल, चेतनारायण श्रेष्ठ, रुपेश ढकाल, एलिना ढकाल र सरिता रोक्का रहेका छन् ।
नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङगानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका पूर्व सांसद रामनाथ अधिकारी, पुस्तकालयका संस्थापक अध्यक्ष मोहन कडेल, समाजसेवी बद्री दाहाल, विष्णुप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको अवसरमा पुस्तकालयका संस्थापक अध्यक्ष मोहन कडेललाई सम्मान गरिएको थियो ।
धादिङबेसीको नीलकण्ठ उमाविको प्राङगाणभित्र रहेको पुस्तकालयमा विभिन्न किसिमका पुस्तकहरु रहेका छन् । पुस्तकालयको संरक्षण तथा महत्वका लागि विभिन्न कार्यक्रमहरु पनि आयोजना हुँदै आइरहेको छ ।
२०७५ असोज १३ गते प्रकाशित