Wed. Nov 27th, 2024

धादिङमा नेपाल चेम्बर अफ कमर्सको शाखा


१२ असोज, धादिङ –

स्थानिय तहको संरचनापछि लगाइएको करका विषयमा गुनासो आउन थालेको छ । नागरिकको आवश्यकता र चाहनालाई पनि मध्यनजर गरी थेग्न सक्ने करको सिमा तोक्नु पर्ने व्यवसायीहरु बताउँछन् । धादिङ चेम्बर अफ कमर्सको उद्घाटन समारोहमा उपस्थित भएका व्यवसायीहरुले आफ्ना गुनासा पोखेका हुन् ।

धादिङमा रहेर व्यवसाय गरिरहेकाहरुलाई सवल र सक्षम बनाउन नेपाल चेम्बर अफ कमर्सको शाखा खोलिएको धादिङ चेम्बर अफ कमर्सका अध्यक्ष गोविन्दकुमार श्रेष्ठले बताए । धादिङमा रहेर व्यवसाय गर्नेहरु समस्यामा परेका कारण व्यवसायीलाई सहज बनाउने उद्देश्य रहेको उनले बताए ।

व्यवसायीहरुको सबैभन्दा पुरानो संस्था चेम्बर अफ कमर्श नेपालको ६८ जिल्लाहरुमा विस्तार भएको र प्रचलित कानुनको परिधिमा रहेर धादिङका सम्पूर्ण व्यवसायीहरुको हितका लागि काम गर्ने उनको भनाई छ । व्यवसायमा लागेका बैङ्क, वित्तिय संस्था उद्योग धन्दा, व्यापारी जो कोहि पनि धादिङ चेम्बरमा सदस्य हुन सक्ने समेत उनले बताए ।

शुक्रबार एक कार्यक्रम विच उद्घाटन गरिएको धादिङ चेम्बर अफ कसर्मले ९० जना व्यवसायी र धादिङबेशीका ३ वटा क्याम्पसका ७५ जना विद्यार्थीलाई व्यवसायी कर शिक्षा तालिम र विद्यार्थीलाई भ्याट विल काट्ने तालिम समेत सञ्चालन गरेको श्रेष्ठले बताए । प्रमुख प्रशिक्षक आन्तरिक राजश्व कार्यालय काठमाडौका पूर्व उपमहानिर्देशक राममणी दुवाडी, चार्टर एकाउन्टेट सरोज कुमार भट्ट, नविन बन्जाडे, सुदुरलभ पण्डित, लेखा परिक्षक नारायण पण्डित र गोकुल रुवालीले विषयवस्तुका बारेमा जानकरी दिएका थिए ।

२०७५ असोज १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: