Tue. Mar 4th, 2025

यी हुन धादिङ फोटो प्रतियोगीताका १० उत्कृष्ट फोटोहरु (खिचिएको मिति र क्यामेराको विवरण सहित)

१२ असोज, धादिङ-

फोटो पत्रकार संघ धादिङले विश्व पर्यटन दिवसको अवसर पारि विहीवार धादिङ जिल्लामै पहिलो पटक फोटो प्रतियोगीताको आयोजना गर्यो । धादिङ जिल्ला भित्र खिचिएको हुनुपर्ने प्रमुख शर्त सहित आयोजना गरिएको प्रतियोगीतामा ८३ जना प्रतियोगीहरुको कुल १ सय ५८ वटा फोटोहरुवीच प्रतिस्पर्धा भएको थियो । एक जनाले दुइवटा फोटो पठाउने मिल्ने भएपनि कतिपय प्रतियोगीहरुले एउटा मात्रै फोटो पठाएका थिए ।

१ सय ५८ वटा फोटोहरुवीच प्रतिस्पर्धा हुँदा तीनजना निर्णायकहरु कान्तिपुर दैनिकका बरिष्ठ फोटो पत्रकार शालिग्राम तिवारी, राससका फोटो पत्रकार प्रदीपराज वन्त र स्वतन्त्र फोटो पत्रकार राजन काफ्ले छानेको उत्कृष्ट २५ फोटोहरुबाट उत्कृष्ट १० छान्दै प्रथम दितिय र तृतिय फोटो घोषणा गरिएको थियो ।

उत्कृष्ट १० भित्र परेका फोटोहरु कस्ता थिए त ? फोटो खिचिएको मिति, फोटोको विवरण र खिचिएको क्यामेरा सहित जानकारी हेरौँ !

त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारबाट आरुघाट जाने बाटो तर्फ बुढिगण्डकी नदी र सल्यानटारको दृश्य समेटेर खिचेको फोटोपनि उत्कृष्ट १० भित्र पर्न सफल भयो । Cannon Eos 1200D क्यामेराले २०७३ साल मंसिर २५ गते खिचेको उक्त फोटो शरण कार्कीले प्रतियोगीतामा पठाएका थिए ।

धादिङको सलाङबाट पृथ्वीराजमार्ग तर्फ तुइनमा झुण्डिएर र झुण्डाएर तरकारी बेच्न ल्याउदै गरेको फोटो उत्कृष्ट दश भित्र पर्न सफल रह्यो । २०७१ माघ २६ गते सामसुङ WB700 मोडलको क्यामेराले खिचेको उक्त फोटो उमेशमणी दुवाडीले प्रतियोगीतामा पठाएका थिए ।
उत्तरी धादिङको ३८५० मिटर उचाइमा रहेको पाङसाङ पासको हिउँले सेताम्मे भएको फोटो पनि उत्कृष्ट १० भित्र पर्न सफल रह्यो । पर्यटकीय हिसावले अति नै महत्वपुर्ण र प्रचुर सम्भावना बोकेको उक्त ठाउँको फोटो शुदर्सन ढुङगानाले Xiaomi कम्पनीको Redmi Note 3 मोवाइलबाट २०७४ कार्तिक १२ गते खिचेको थिए ।
उत्तरी धादिङको तिप्लिङको २ वटी साना–साना बच्चीहरुले कोक्रो बोक्दै गरको फोटो पनि उत्कृष्ट १० भित्र पर्न सफल रह्यो । Iphone 4 मोडेलबाट २०७० चैत्र १८ गते खिचिएका उक्त फोटो अर्जुन कुमार श्रेष्ठले प्रतियोगीतामा पठाएका थिए । उत्कृष्ट १० भित्र उक्त फोटो परेपछि विद्यालय र बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको सस्था सर्भिस फर पिस धादिङका म्यानेजर उपेश कुमार श्रेष्ठले यी २ बच्चीहरुलाइ पठन पाठनको निम्ति सहयोग गर्ने घोषणा गरेका छन् ।
सोनी कम्पनीको DSC-T700 मोडलको क्यामेराबाट खिचिएको गर्भवती महिलालाइ हेलिकप्टरबाट उपचारको लागि लैजादै गरेको फोटो पनि उत्कृष्ट १० भित्र पर्यो । सडक संजालले जोडिन नसकेको उत्तरी धादिङको झार्लाङमा बच्चा पाउन नसकेपछि प्रसुतीको लागि हेलिकप्टरबाट लैजादै गर्दा पत्रकार नवराज गिरिले यो फोटो २०७३ कार्तिक २८ गते खिचेका हुन् ।
२०७३ पुस ६ गते उत्तरी धादिङको तत्कालिन री गााविसमा खिचेको हेलिकप्टरको फोटो उत्कृष्ट १० भित्र पर्न सफल भयो । फोटो क्रिसमस मनाउन अतिथि लिएर गएको हेलिकप्टर अवतरण गर्ने ठाउँ खोजी रहेका बेला Iphone-5 बाट शिक्षक पुष्पराज दुवाडी खिचेका थिए ।

दक्षिणी धादिङको साविकको किरान्चोक गाविस श्यामैडाँडाकी चेपाङ महिलाले बच्चा सहित पानी बोक्दै गरेको फोटो पनि उत्कृष्ट १० भित्र परेको थियो । पानीको चरम संकट भएको गाउँमा सानो बच्चा सहित पानीको गाग्री बोकिरहेको फोटो नागरिक दैनिककी धादिङ सम्वाददाता सरिता श्रेष्ठले Cannon Eos 1200D क्यामेराबाट २०७४ जेठ २६ गते खिचेकी थिइन् ।

यी हुन पुरस्कार पाउने फोटोहरु :

उत्तरी धादिङको झार्लाङकी एक महिलाले आफ्नै सुरमा थुन्से बुनिरहेको फोटोेले तृतिय स्थानको पुरस्कार पायो । नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र पाएको उक्त फोटो सोनी कम्पनीको DSC-T700 मोडलको क्यामेराबाट खिचिएको हो भने प्रमिला गिरिले प्रतियोगीतामा पठाएकी थिइन् ।
धादिङको प्रसिद्ध भैरवी मन्दिरको फोटोले द्धितिय स्थान हाँसिल गर्यो । पत्रकार समेत रहेका युवा अभियन्ता गणेश आगम ढुङगानाले Cannon Eos 1100D मोडलको क्यामेराबाट २०६९ माघ २९ गते खिचेको उक्त फोटोले दितिय स्थान प्राप्त गरि नगद रु २० हजार सहित ट्रफी र प्रमाण पत्र पायो ।
धादिङका पुराना पत्रकार सीताराम अधिकारीले २०६४ असोज २१ गते खिचेको धादिङको सल्यानटारमा रहेको काठे कोलमा तेल पेलिरहेको फोटोले प्रथम स्थान हात पारेर नगर २५ हजार रुपैँया जित्यो । अधिकारीले Cannon Power Shot A430 मोडलको क्यामेराबाट उक्त फोटो खिचेको थिए ।

फोटो पत्रकार संघ धादिङका उपाध्यक्ष मनिष दुवाडीको सहयोगमा

२०७५ असोज १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: