Sun. Mar 16th, 2025

गोलीकाण्डमा नेपाली महिलाको मृत्यु


५ असोज, न्युयोर्क —

मेरिल्याण्ड राज्यमा घटेको एक गोलीकाण्डमा एक नेपाली महिलाको मृत्यु भएको छ ।

मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा भएको गोलीकाण्डमा ४१ वर्षीया बृन्दा गिरीको ज्यान गएको हो । घटनामा अन्य तीन जनाको समेत निधन भएको प्रहरीले जनाएको छ ।

मेरिल्याण्डको बाल्टिमोर सहरबाट करिब ३५ माईल उत्तरपूर्व एबरडिनमा रहेको ‘राइड एड’ कम्पनीमा बिहीबार ९ बजे गोली चलेको थियो । सोही कम्पनीमा कार्यरत एक महिला कर्मचारीले अन्धाधुन्ध गोली चलाएकी थिइन् ।

गोलीमा मृत्यु भएकी गिरी पाँच महिनाअघि मात्र अमेरिका आएकी थिइन् । उनका १४ वर्षकी छोरी र ११ वर्षका छोरा छन् । घटनामा अर्का नेपाली पूर्ण आचार्य घाइते छन् ।

२०७५ असोज ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: