Sun. Mar 16th, 2025

मदिरा सेवन गर्दा मलेसियामा चार नेपाली सहित सातको मृत्यु


२ असोज, मलेसिया –

मदिरा सेवन गर्दा मलेसियामा चार नेपाली सहित सात जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा अरुमा एक भारतीय, एक बंगलादेशी र एक मलेसियन नागरिक रहेका छन् । १६ जना बिरामी परेका छन् । तीमध्ये १३ जना नेपाली कामदार रहेका छन् ।

बिरामी भएकाहरुको मलेसियाका विभिन्न अस्पतालमा उपचार भइरहेको स्थनीय प्रहरीलाई उद्धृत गर्दै मलेसियन अनलाइन द स्टारले जनाएको छ । मृतकको पोस्टमार्टम रिपोर्ट आइनसकेको र घटनाबारे थप अनुसन्धान भइरहको छ ।

२०७५ असोज २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: