Thu. Mar 13th, 2025

प्रधानमन्त्रीलाई निर्मलाका आमाबुबाको प्रश्नः हामीले न्याय पाउँछौं कि पाउँदैनौं ?

s~rgk'/df anfTsf/kl5 xTof ul/PsL !# alif{o lgd{nf kGtsf afa' o1/fh kGt / cfdf b'u{fb]jLnufot afn'jf6f/ k|wfgdGqL s]kL zdf{ cf]nL;Fu e]6 ub{} . t:jL/ MgjLg kf}8]n, /f;;

१ असोज, काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्यारा र यस प्रकरणका अन्य दोषिलाई उम्कन नदिने बताएका छन्।

निर्मला पन्तका परिवार सहित सुदूर पश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद तथा अधिकारकर्मीहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले घटनाको अनुसन्धानमा सरकार गम्भीर रहेकाले दोषी जो सुकै भएपनि न्याय पाउनेमा ढुक्क हुन आग्रह गरे।

उनले घटनाको सत्य तथ्य पत्ता लगाउन शक्तिशाली छानबिन समिति गठन भइसकेको बताउँदै दोषीलाई कानुनको कठघरामा ल्याएरै छोड्ने बताए।

त्यस अवसरमा निर्मलाका अभिभावकले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै ‘हामीले न्याय कहिले पाउँछौं, न्याय पाउँछाै‌ कि पाउँदैनौ? भनेर सोधेका थिए।भेटमा सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने भीम रावल, लेखराज भट्ट, दिलेन्द्र प्रसाद बडु, एनपी साउद, बिना मगर, निरु पाल लगायतका नेताहरु र अधिकारकर्मी सहभागी थिए।

२०७५ असोज १ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: