Thu. Mar 13th, 2025

नीलकण्ठ नगरप्रमुखको कार्यशैलीप्रति उपप्रमुखको असन्तुष्टि


२६ भदौ,  धादिङ  –

नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङगानाको कार्य शैलीबाट नगर उपप्रमुख र वडाअध्यक्षहरु नै असन्तुष्ट बन्न थालेका छन् । नगरभित्रका विकास निर्माण तथा अन्य कार्य नगरप्रमुखले एकलौटी गरेको भन्दै धादिङबेसीमा पत्रकार सम्मेलनको आयोजना गरेर असन्तुष्टि व्यक्त गरेका हुन् ।

कुन नगरपालिकाको २४ जना सदस्यहरु मध्ये ८ वटा वडाअध्यक्ष सहित उपप्रमुख र १ सदस्य गरी १० जनाको पूर्ण असमति जनाउँदै नगरपालिकाले गरेका बैठकका निर्णयहरुप्रति पूर्ण असहमति जनाएका छन् । नगरपालिकाको सबै निर्णयका प्रक्रियामा सर्वसम्मत तरिकाबाट हुन सकेमात्र नगरपालिकाले लिएका रणनीतिक योजनाहरुको सपना पूरा हुने भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘स्थानीय तहको निर्वाचनपछि विधि, प्रक्रिया र कानुनको आधारमा शासन व्यवस्था संचालनको मूलधारमा रहनचाहेपनि एकलौटी निर्णयले कानुनको उल्लङघन भएको छ’ उपप्रमुख मनराज भण्डारीले भने, ‘जनतामा गरेको प्रतिबद्धता पूरा गर्न लागिरहदाँ नगरप्रमुखले सहमति र सहकार्यको साटो बहुमत सदस्यको साथ लिई कानुनको ठाडो उल्लङघन गरी एकलौटी ढंगबाट गैरकानुनी कार्य गरेको छ ।’

एकलौटी निणय लादेको, फरक विचारको सम्मान नगरेको, वडा अध्यक्षको क्षेत्राधिकार मिचेको, लामो समय विदेश भ्रमणमा जाँदा कार्यवाहक नदिएको, तथा नगरसभाबाट पारित गरिएको नीति नियम र ऐन नियमहरु नै उलङघन गरेको पत्रकार सम्मेलनमा उपप्रमुख भण्डारीले आरोप लगाएका छन् । विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा नगरप्रमुखले शिक्षा अधिकृत मार्फत एकलौटी रुपमा २ सदस्य मनोनित गरि सिफारिस गरेकोमा असमति जनाएको बताए ।

नगर प्रमुख ७ दिन भन्दा बदी अनुपस्थित भएमा उपप्रमुखलाई कार्यवाहक जिम्मेवारी दिनु पर्ने उल्लेख भएकोमा विदेश भ्रमण जाँदा समेत कार्यबाहक जिम्मेवारी नदिई विदेश भ्रमण जाने प्रक्रियाप्रति असहमति जनाएका छन् । नगर कार्यपालिकाको बैठकको निर्णय बिना तारजाली, पाइप, बिजुलीको पोल लगायतका पूर्वाधार बिकासका सामग्रीहरु आफुखुसी वितरण गर्ने गरेको पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नगरपालिका भित्र एकलौटि रुपमा बहुमतको आडमा कानुन विपरीतका निर्णयहरु गरेको आरोप लागेका नगर प्रमुख भिमप्रसाद ढुंगानाले आंफुमाथि लागेका आरोपहरु गतल र भ्रामक भएको बताएका छन् । जनताको सेवा र नगरको विकासका लागि जनताका घरघरमा भोट माग्न गएको सम्झदै ढुङगानाले आफूले गरेको निर्णय गैर कानूनी ढंगबाट एकलौटी रुपमा नभएको बताएका छन् । ‘सहमतीकै आधारमा जनताको माग र नगरपालिकाको बजेट तथा नीतिको परिधिभित्र रहेर काम गरेका छौ’ँ, प्रमुख ढुङगानाले भने, ‘कानुन विपरित कुनै पनि काम र निर्णय गरेको प्रमाणित गराउन आग्रह गर्छु ।’

स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रको चुनावी तालमेलबाट मेयरमा काँग्रेसका भिम प्रसाद ढुङगाना र उपमेयरमा माओवादी केन्द्रका मनराज भण्डारीले चुनाव जितेका थिए । बाम गठबन्धनको सरकार बनेपछि मेयर र उपमेयरको कार्यशैली प्रति विवाद हुँदै आइरहेको छ ।

२०७५ भदौ २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: