Thu. Mar 13th, 2025

एकीकरण टुंग्याउन नेकपा सचिवालय बैठक बुधबार बस्दै

२६ भदौ, काठमाडौं –

पार्टीका तल्ला कमिटीहरूको एकीकरण टुंग्याउन बुधवार पार्टी सचिवालय बैठक बोलाएको छ। पार्टीका प्रदेश, जिल्ला र जनवर्गीय संगठनको एकतामा विवाद भएपछि भदौ पहिलो साता टुंग्याउने भनिएको एकीकरण अझै टुंगिएको छैन।

नेकपाको पूर्व घटक एमाले र माओवादी केन्द्रकाबीचमा पद बाँडफाँटमा विवाद भएपछि पार्टी एकीकरण भएको चार महिनासम्म पनि आन्तरिक एकता टुंगिन सकेको छैन । आन्तरिक एकता नटुंगिदा नेकपाको स्थायी समिति बैठकसमेत दुईपटक सरिसकेको छ।

यसबीचमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल चारदिने भारत भ्रमण पूरा गरेर फर्किसकेका छन्। आइतबार भारतबाट फर्किएका दाहाल सोमबार बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। दुई अध्यक्षबीच भएको भेटमा बुधबारका लागि पार्टी सचिवालय बैठक बोलाउने सहमति भएको हो। भेटमा दाहालको भारत भ्रमणको पनि समीक्षा भएको दाहालको सचिवालयले जनाएको छ। दुई अध्यक्षले दाहालको भ्रमण सफल भएको निष्कर्ष निकालेको छ।

२०७५ भदौ २६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: