
२६ भदौ,धादिङ
नेपाल सरकार तथा नेपाल राष्ट्रबैंकले नेपालमा रहेका सबै बैक तथा वित्तिय संस्थाहरुलाइ आफ्नो बार्षिक कार्यक्रम अन्र्तगत प्रत्येक आर्थिक बर्षमा आफ्नो सामाजिक दायित्व अन्र्तगत विभिन्न किसिमका कार्यक्रमहरु सम्पन्न गर्नुपर्ने नियम रहेको हुन्छ ।
यहि कार्यक्रम अन्तर्गत विभिन्न बैक तथा वित्तिय संस्थाहरुले विभिन्न समयमा आ–आफ्नो तरिकाले कार्यक्रमहरु सञ्चान गरेको पाइन्छ ।
यहि कार्यक्रम अन्र्तगत यस वर्ष एभरेष्ट बैक धादिङ शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नेपाली हिन्दु महिलाहरुको विशेष पर्व तिजको अवसरमा आज धादिङ जिल्लामा रहेका तथा एकल महिला संघ धादिङमा आवद्ध रहेका करिब २५ जना एकल आमा , दिदि बहिनीहरुलाइ कपडा प्रदान गरि सहयोग तथा सम्मान गरेको छ ।
कार्यक्रममा एकल महिला संघ धादिङका अध्यक्ष कल्पना अधिकारीले विगतदेखि अहिले सम्म एकल आमा, दिदिवहिनिहरुको सामाजिक,शारिरीक,र मानसिक सबै किसिमका समस्याको समधानको लागि पहल गरेको र आगामी दिनमा पनि गरिरहने बताईन् ।
कार्यक्रममा सहभागी एकल महिलाहरुले सहयोग ग्रहण गर्दै सहयोगी संस्था एभरेष्ट बैंक, एकल महिला संघ धादिङलाइ धन्यवाद दिदै आगामी दिनहरुमा पनि सहयोगको लागि अनुरोध गरेका छन् । कतिपयले भने हामीले समाजमा विभिन्न किसिमका सामाजिक समस्यासँग जुध्नुपरेको र अहिले भने सबैले विस्तारै बुझ्न थालेकाले केहि सहज भएको बताएका छन् । धादिङ जिल्लामा करिब ८ हजारको संख्यामा एकल महिलाहरु रहेपनि एकल महिला संघ धादिङमा सदस्याता लिने महिलाको संख्या भने करिब २४ सय रहेको छ ।
सहयोग तथा सम्मान कार्यक्रममा बोल्दै एभरेष्ट बैंक धादिङ शाखाका प्रमुख पवन कोइरालाले एभरेष्ट बैकले हरेक वर्ष यस्ता किसिमका सामाजिक उत्तरदायित्वसँग सम्बन्धि कार्यक्रमहरु गर्दै आइरहेको र आगामि बर्षहरुमा पनि यस्तै एकल ,अशक्त ,असाय आमा दिदिवहिनीहरुसँग सम्बन्धित कार्यक्रम लिएर आउने जानकारी दिए ।
नेपाल राष्ट्रबैकको क वर्गमा सुचिकृत एभरेष्ट बैकको नेपाल भर ८२ वटा जिल्ला शाखा रहेको छ । धादिङ जिल्लाको राजमार्ग क्षेत्रमा पनि शाखा बिस्तार गरि सेवा प्रदान गर्ने योजना रहेको शाखा प्रमुख कोइरालाले जानकारी दिए ।
एकल महिलाहरुलाइ सम्मान तथा सहयोग कार्यक्रममा एकल महिला संघ धादिङका अध्यक्ष कल्पना अधिकारी अन्य पदाधिकारी तथा सदस्यहरु, एभरेष्ट बैक धादिङ शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
२०७५ भदौ २६ गते प्रकाशित