

२३ भदौ, धादिङ –
नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक बंगलादेशलाई २–० गोल अन्तरले हराएको हो ।
अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३(० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न नेपाललाई जित चाहिएको थियो भने बंगलादेशलाई बराबरी भए पुग्थ्यो ।
तर, खेलमा नेपालले सुरुदेखि नै घरेलु समर्थकको साथ पाएको बंगलादेशलाई दबावमा राख्यो । खेलको ३३ औं मिनेटमा बिमल घर्ती मगरले नेपाललाई अग्रता दिलाए ।
२०७५ भदौ २३ गते प्रकाशित