Thu. Mar 13th, 2025

प्रधानमन्त्री ओलीको राजीनामा माग

२० भदौ, काठमाडौं

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । संसदको बुधबारको बैठकमा कांग्रेस सांसद अमेरशकुमार सिंहले सरकारले संविधान उलंघन गरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।

संविधानले नागरिकलाई विना रोकटोक हिँडडुल गर्न स्वतन्त्रता दिए पनि सरकारले संविधान उलंघन गरेर स्वेच्छाचारी भएको उनले आरोप लगाए । थाइल्याण्ड जान लागेका पूर्वलडाकु लेनिन विष्टलाई विमानस्थलबाट फर्काइएको प्रसंगमा सांसद सिंहले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।

‘के व्यक्ति ब्यक्तिले अनुमति लिएर जानुपर्छ ? सरकारले संविधानको उलंघन गरेको छ, म प्रधानमन्त्रीको राजीनामा माग गर्दछु,’ उनले भने, ‘सरकार स्वेच्छाचारी तरिकाले चल्नु हुँदैन । संविधानको उलंघन गर्न बनाएको होइन ।’

२०७५ भदौ २०गते प्रकाशित

About The Author

अन्य समाचारहरु: