Thu. Mar 13th, 2025

अख्तियार प्रमुख सिफारिसको तयारी

२० भदौ, काठमाडौं

संवैधानिक परिषदको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख नियुक्तिको विषयमा छलफल हुने स्रोतले बतायो ।अख्तियार लामो समयदेखि प्रमुख आयुक्तविहीन छ । दीप बस्न्यातले अवकाश पाएपछि गत फागुनदेखि अख्तियार कार्यवाहकको भरमा चलिरहेको छ ।

हाल कार्यवाहकको जिम्मेवारी नविनकुमार घिमिरेले पाएका छन् । बैठकले घिमिरेलाई नै प्रमुख आयुक्तमा नियुक्ति सिफारिस गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।बैठकमा वित्त आयोगको अध्यक्ष नियुक्तिबारे पनि छलफल हुने बताइएको छ । वित्त आयोगमा बालानन्द पौडेल, पूर्व अर्थसचिव शान्तराज सुवेदी लगायतको चर्चा छ ।

२०७५ भदौ २०गते प्रकाशित

About The Author

अन्य समाचारहरु: