Wed. Nov 27th, 2024

ट्रक दुर्घटनामा परी मृत्यु भएका उपाध्याय परिवारलाई रकम हस्तान्तरण

२० भदौ, धादिङ

निलकण्ठ नगरपालिका –८ स्थित च्याँडु खोलामा ट्रक दुर्घटनामा परी मृत्यु भएका गकुल उपाध्यायको परिवारलाई एक कार्यक्रमका बिच बीमाङक रकम  २० लाख ५३ हजार को चेक हस्तान्तरण गरिएको छ ।

जीवन बीमा कम्पनी एशियन लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड को बालाजु शाखा अन्र्तगत उपशाखा कार्यालय धादिङमा बीमित गकुल उपाध्यायले १५ वर्षको लागि दश लाख को जीवन बीमा सँस्थागत अीभकर्ता मुक्तिनाथ बिकास बैँक लिमिटेड शाखा धादिङद्धारा एशियन लाईफ इन्स्योरेनस कम्पनीमा हस्तान्तरण गरेका थिए ।

२०७५ जेठ ०३ गतेका दिन निलकण्ठ नगरपालिका –८ स्थित च्याँडु खोलामा ट्रक दुर्घटनामा परी बीमित गकुल उपाध्यायको निधन भएको थियो । उपाध्यायले आफ्नो बिमा रकम बराबर कम्पनीलाई प्रत्येक वर्ष तिर्नुपर्ने रकम मध्य पहिलो वर्ष बापतको रकम ६६ हजार ८ सय ८६ बुझाएको र मृत्यु भएकोले त्यस बीमालेख अन्र्तगत इच्छाइएको व्यक्ति नराखिएको भए तापनि बीमा ऐन २०४९ अन्र्तगत मृतकको बुबा सबैभन्दा नजिकको हकदार भएकोले धादिङ जिल्ला ,त्रिपुरासुन्दरी गाउँपालिका –६ का मृतकको बुबा श्री कमलप्रसाद उपाधयायलाई बीमाङक रकम दश लाख, दुर्घटना बापतको रकम दश लाख र बोनस रकम ५३ हजार गरी जम्मा २० लाख ५३ हजार को चेक हस्तान्तरण गरेका हुन् ।

धादिङमा आयोजित एक कार्यक्रममा एशियन लाईफ इन्स्युरेन्स कम्पनि लिमिटेडका ३ नम्बर प्रदेश प्रमुख श्री लोकराज जोसी , बालाजु शाखा प्रबन्धक धु्रबराज लामिछाने र मुक्तिनाथ बिकास बैँक शाखा प्रबन्धक सुरेन्द्र कुमार श्रेष्ठले सँयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् ।

२०७५ भदौ २०गते प्रकाशित

About The Author

अन्य समाचारहरु: