१७ भदौ,धादिङ –
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को फिल्ड कार्यलयको रुपमा २१ औ शाखा धादिङवेशीमा संचालनमा आएको छ ।
शाखाको राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले एक कार्यक्रमको वीच शुभारम्भ गरे । बचत तथा ऋण सहकारीको सहजताको लागि धादिङ बचत तथा ऋण
सहकारी संघको सहकार्यमा केन्द्रबाट प्रदान गरिने सेवाहरु जिल्लाबाटै दिनेगरि फिल्ड कार्यलय संचालनमा ल्याइएको हो ।
नेफस्कुनको शाखाले जिल्लाभरिका बचत तथा ऋण सहकारी सस्थाका कारोवारहरु अनुगमन गर्ने, आवश्यक स्टेशनरी सामानहरु उपलब्ध गराउने नेफस्कुनको केन्द्रिय कार्यलयसंग समन्वय गर्ने, बचत तथा ऋण सहकारीहरुको लागि तालिमहरु संचालन गर्ने लगायतका कामहरु गर्ने नेफ्स्कुन धादिङ फिल्ड अफिस संयोजक एवं नेफस्कुनका केन्द्रीय उपाध्यक्ष पार्वती राइ खाँणले बताइन् ।
साथै शाखाले बचत तथा ऋण सहकारीहरुको बचत गरिदिने र ऋण पनि लगानी गर्ने बताइएको छ । शाखा शुभारम्भ कार्यक्रममा नेफ्स्कुनका केन्द्रिय अध्यक्ष डीवी बस्नेत, धादिङ जिल्लाका विभिन्न सहकारीकर्मीहरु लगायतको उपस्थिती रहेको थियो ।
२०७५ भदौ १७ गते प्रकाशित