Mon. Mar 10th, 2025

एसिया कप छनोट : नेपाल दोस्रो खेलमा पनि पराजित


१४ भदौ, धादिङ –

एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । एक दिवसीय क्रिकेटको मान्यता पाएको खेलमा नेपाल यूएईसँग ७८ रनले पराजित भएको हो ।

योसँगै एसिया कप क्रिकेटका लागि छनोट हुने नेपालको सम्भावना कठिन बनेको छ । नेपाल पहिलो खेलमा ओमानसंग ७ विकेटले पराजित भएको थियो । प्रतियोगितामा यूएईको यो दोस्रो जित हो भने नेपालको दोस्रो हार । यस्तै ओमानले आज मलेसियाबिरुद्ध २ विकेटको संघर्षपूर्ण जित हात पार्दै प्रतियोगितामा ४ अंक जोडेको छ । अर्को खेलमा हङकङले सिंगापुरलाई ५ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गर्‍यो । मलेसियाले पनि पहिलो खेलमा जित निकालेको थियो । युएईले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको नेपाल ४८ ओभर ५ बलमा १ सय ७६ रनमा समेटियो ।

नेपालका लागि सुवास खकुरेलले अर्धशतक पुरा गरे । दिपेन्द्र सिहं ऐरीले ४०, कप्तान पारस खड्काले १६ र वसन्त रेग्मीले १२ रन जोडे । सोमपाल कामी २७ रनमा नटआउट रहे । अन्य ब्याट्स्म्यानले दोहोरो अंक छुन सकेनन् । युएईका लागि अहमद राजाले ४, मोहम्मद नभिदले ३ र अमिर हायातले २ विकेट लिए ।

यसअघि मलेसियाको क्वालालाम्पुरस्थित किन्रारा ओभल मैदानमानेपालले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५४ रन बनाएको थियो । युएईका चिराग सुरीले ६५, अश्फाक अहमदले ४५, रमिज शेहजादले ३५ रन जोडे । अद्नान मुÏती ५७ रनमा नटआउट रहे । सन्दिप लामिछानेले ४ तथा बसन्त रेग्मी र सोमपाल कामिले २र२ विकेट लिए । नेपालले आफ्नो तेस्रो खेल पर्सि मलेसियासंग खेल्नेछ ।

२०७५ भदौ १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: