सरिता श्रेष्ठ
मानिसका आँट हुनुपर्छ, साहस हुनुपर्छ अनि पो जीवनको मृत्युलाई पनि जित्दो रहेछ । मृत्यु कहाँ सोचाइको कुरा हो र यो त अकस्मात नसोचेको कुरा पो हो त । मानिसलाई जीवन कि मृत्यु भनेर दुई मध्ये एक रोज्न दिएमा सहर्सै मृत्युलाई पछि पारी जीवनलाई रोज्छन् । यो हरेक मानिसको स्वाभावको विषय हो । मानिसको जीवन नै समाप्त भएपछि त सबथोक सकिहाल्छ नी । के भयो, कसरी भयो र किन भयो भन्ने कुराको वास्तविक भेउ मृत्यु अंगाल्नेलाई मात्र थाहा हुन्छ । मानिस जन्मेपछि एकदिन मृत्यु सुनिश्चित छ । तर जबसम्म हामी जिउँदो छौँ तबसम्म जीवनमा धेरै संघर्ष झेलिरहेका हुन्छौँ । जीवनको एकाधिकारमा छिट्टैनै पाइलालाई गाभिन भने दिनु हुदैन । कुनै दिन यस्तो हुन्छ की मृत्युको मुखमा पुगेर पनि हामी मृत्युलाई जितेका हुन्छौँ । हरेक मानिसले एकदिन आफू जन्मेको ठाँउ छोड्नैपर्छ तर उमेर भएर मर्नु र अल्पायुमा नै मर्नुमा धेरै फरक रहेछ । २०७१ चैत २८ गते शनिबार यस्तै एउटा घटना घट्यो जुन जीवनको अविस्मरणीय बन्न पुग्यो । धादिङबेसीका विभिन्न संचार क्षेत्रमा काम गर्ने पत्रकार टोलीहरु त्रिशुली नदिमा जलयात्रा र पर्यटनका सभ्भाव्यताका विषयमा रिपोर्टिङका क्रममा गएका थियौँ । पीप जस्तो धमिलो पानी, गल्याङगुल्डुङ नदीको आवाज, मानिसहरुको हल्लाखल्लाले रौनकता छाएको थियो ।
¥याफटिङका लागि धादिङबेसीबाट १६ जनाको टोली गएका थियौँ । त्रिशुली नदिको बीचबाट २० वटा डुङगामा करीब १ सय २० जनाले जलयात्राका अनुभूति लिए । ¥याफटिङ गर्नेे हाम्रो टोलीमा जिल्ला विकास समिति धादिङका सुचना अधिकारी भोला गौतम सहित धादिङका ७ पत्रकारहरु क्रमश नवराज छत्कुली, राजाराम शर्मा, मुरारी अधिकारी, पोषनाथ अधिकारी, नारायण सिलवाल, शान्ति थापा मगर र म सरिता श्रेष्ठ थियौँ ।
कोही पानीमा नै आफ्नो जीवनलाई समर्पित गरिरहेका हुन्छ, पानी नै सबथोक चाहन्छन् । तर सबैमा यो लागु हुने रहेनछ । तर पानीमा पौडन नआउने म र ¥याफटिङको कुनै सम्बन्ध थिएन । भित्री मनमा डरका अनेक भावहरु लुकिरहेको थियौँ । मनमा अनेक तर्कनाहरु उब्जिएपनि बाहिरी रुपमा हाँसेरै टारिदिए ।
थाहा छ मलाई पानीमा पौडन आउदैन, म डुब्छु र त्यहि हराउँछु तर पनि मन छ साथीहरु, दाईहरुसँग जलयात्राको रमाइलो गर्ने, उत्सुकता जागेको छ । आफ्नै ठाँउ, आफ्ने सेरोफेरोलाई प्रचारप्रसार गर्नु मेरो कर्तव्य हो । एक मन भन्छ, तैले नखेल्दा नै जाति अर्को भन्छ, जलयात्रामा अनुभूति लिनै पर्छ । दोधारले जलयात्राको अनुभव लिने निर्णय ग¥यो । हानिए त्रिशुली नदितिर ।
ओठमा त्यति हाँसो थिएन, मनमा अनेक थरीका तर्कना, विलौनाहरुका साथमा लक्ष्य खोज्दै हिँडैँ । डुङ्गा चड्नु अगाडि हाम्रो बोर्डका रिभरका गाइट दाईले केहि निर्देशनहरु दिएका थिए । त्यसलाई आत्मासाथ गरी हाम्रो जलयात्रा धादिङको हुँदीखोदाबाट मध्यान १२ः२० बजेबाट सुरु भयो । ¥याफटिङ सुरु भएपछि एकअर्कालाई पानी छप्ने, गीत गाउनेमा नै व्यस्त भएका थिए । सबैको अनुहारमा खुसीको प्रष्ट चित्रण देखिन्थे । खोला तर्न समेत डराउने मेरो मनमा भने कतै जीवननै समाप्त त हुने होइन भन्ने जस्ता तर्कनाहरु नआएका होइन तर त्यसलाई मनभित्र नै छोपिराखे, जलयात्रा गर्न आएका प्राय सबैको ओठमा हाँसो थियो, रमाइलो अनुभव गरिरहेको थियो म मात्र किन डराउनु मनमा यस्ता कयै भावनाहरु छड्किरहे । ¥याफटिङ सुरु भएको करीब ५० मिनेट पछि एउटा ठूलो छाल आयो, गाइडको निर्देशन पालना गर्दै छाल पार गर्न खोज्यौ अपसोच एकैछिनमा म कहाँ थिए थाहा थिएन । म डुङगामा चढेको थिए तर डुङगाको तल पो आएछु । कहाँ कसरी के भयो ठम्याउन सकिन । ¥याफटिङ सुरु गर्दा जुन उत्सुकता छाएको थियो एकैछिनमा निराशामा परिणत भयो । खुसी देखिने त्यो अनुहार एकाएक हतोत्तसाहित हुन पुग्यो ।
कसलै जीवन नै समाप्त भयो भन्ने धारणा व्यक्क्त गर्नुभयो । कसैले आफ्नी श्रीमती, छोराछोरी कसैले आफ्नो अन्तिम पलहरुलाई नै जीवनको अन्तिम क्षणका रुपमा लिएका थिए । जिल्ला विकास समिति धादिङका सुचना अधिकारी भोला गौतमले पनि आफ्नो फेसबुक मार्फत विभिन्न अनुभवहरु सेयर गर्नुभएकोे छ । उहाँ भन्नुहुन्छ – मृत्युसँग अन्तिम क्षणमा लड्दै गर्दा ३० सेकेण्डमा ३ लाख सोच्न सकिने रहेछ । मैले बाँच्न सधैँ प्रयास गर्नुपर्छ किनकी मृत्यु पछि म पुनः जन्मने ठेगान छैन । जीन्दगीमा ¥याफटिङ गर्दा ठूलो छालमा पर्नु पछारिनु भएको छैन भने बुझनुहोस् तपाईले ¥याफटिङको ९० प्रतिशत मजा लिन नै पाउनु भएको छैन । यस्ता अनुभूति भोला पौडेलले प्रकट गर्नुभएको छ । उहाँले अब आगामी दिनहरुमा ¥याफटिङ गर्ने साहस दिलाएको बताउनुभयो । त्यस्तै पत्रकार पोषनाथ अधिकारीको भनाई पनि उस्तै उस्तै छ । जीवनको महत्व मृत्युको नजिकै पुग्दा थाहा हुदो रहेछ, मृत्युलाई पछारेको अनुभूति त्यो क्षणमा पहिलो पटक लिएको अनुभूति व्यक्त गर्नुहुन्छ । डुङगा पल्टिएपछि जीवननै समाप्त भए, आफ्नो श्रीमती र सानी छोरीलाई सम्झिन पुगे डुङगाको माथि उत्रिएपछि उहाँको भनाई यस्तो थियो । हामीले मृत्युलाई जित्यौँ, धन्य मृत्यु ।
मलाइ लागेको थियो मेरो जीवननै सकियो, मेरा आमा, बुबा, आफन्तजन, साथीभाईहरु सबैले मप्रति सोचेको सपना त्रिशुली नदिले नै बगायो । लाग्थ्यो मेरो भरोसामा रहनुभएका बुबा आमाले भावी दिनहरु कसरी जीउनुहुन्छ होला । पानीभित्र यस्ता विभिन्न तर्कनाहरु गरिरहे, डुङगाको डोरीमा समाइरहे, खुट्टा चलाइरहे, गुहार मागी रहे । हामी चढेको डुङगा र अरु डुङगाहरुको दुरी केही टाढा नै भएको कारण उद्दारमा लागि केही ढिलाई भयो । छिटो छिटो हाम्रै धादिङको टोली पत्रकार रामेश्वर कार्की लगायतको टोली आएर हामीलाई ठूलो गुण लगाउनुभयो । सहयोग पु¥याउनुहुने हामीसँगै जानु भएका हरी दाई, परिचित तथा अपरिचित अन्य साथीहरु सबै धन्यवादका पात्र हुनुहुन्छ ।
कानमा पानी पस्यो त्यसको पीडा अझै पनि सहिरहेको छु । पीप जस्तो धमिलो पानीको चिलावटले अझै म मा तागत बढेको छ । जीवनमा आइरहने यस्ता मृत्युसँग सधैँ लड्न सक्ने क्षमता बढेको छ । यो नै मेरो पहिलो र अन्तिम दुवै ¥याफटिङ यात्रा भन्न चाहन्न म । आगामी दिनहरुमा पनि मृत्युसँग जुध्ने साहस छ म मा ।
यो क्षण नेकपा एमालेका केन्द्रिय सदस्य खेम लोहनी, नेपाली काँग्रेसका जिल्ला सभापति रामनाथ अधिकारी, धादिङका प्रहरी प्रमुख प्रकाश मल्ल, दिव्यदर्शन टेलिभिजनका प्रबन्ध निर्देशक दिपक कोइराला, सिभिक डेभलवमेन्ट बैक धादिङका महाप्रबन्धक प्रकाशमान ब्रजाचार्य, समाजसेवी बलराम ढोलाली र केदारनाथ कोइरालाले पनि अनुभव गर्न पाउनु भयो । फेसबुक, टुइटर लगायत सामाजिक सञ्जाल मार्फत कुनै पनि अभिव्यक्ति प्रकट नगर्नु भएपनि त्यो क्षण सबैका लागि अविस्मरणीय बन्न पुग्यो । अन्ततः सामाजिक सञ्जालहरुमा लेखिएका भावनाहरु जे भएपनि त्यो क्षण हाम्रा लागि अविस्मरणीय कायम रहेको छ ।