Mon. Mar 10th, 2025

ला लिगा : रियल मड्रिडको प्रभावशाली जित

११ भदौ, धादिङ –

स्ट्राइकर ग्यारेथ बेलले ला लिगाको लगातार दोस्रो खेलमा गोल गर्दा रियल मड्रिडले पछि परेको स्थितिलाई उल्टाउँदै जिरोनाबिरुद्ध शानदार जित हासिल गरेको छ ।

घरेलु मैदानमा जिरोनाका लागि बोर्जा ग्यारिकाले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । ग्यारिकाले १६ औं मिनेटमा गोल गरेका हुन् ।

३९ औं मिनेटमा मार्को एसेन्सियोलाई जिरोनाका डिफेण्डरले फल गरेपछि पाएको पेनाल्टीमा सर्जियो रामोसले गोल गरे ।

दोस्रो हाफमा रियलले तीन गोल थप्यो । ५२ औं मिनेटमा करिम बेञ्जिमाले पेनाल्टीमार्फत गोल गरे । ५९औं मिनेटमा ग्यारेथ बेलले गोल गरे भने करिम बेञ्जिमाले ८०औं मिनेटमा चौथो तथा निर्णायक गोल गरे ।

२०७५ भदौ ११ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: