Mon. Nov 25th, 2024

माथिल्लो त्रिसुली थ्री बीमा नबिलको अगुवाइमा लगानी


६ भदौ, काठमाडौ –

नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिसुली थ्रि बी जलविद्युत् आयोजनाको लगानी जुटेको छ।

नबिल बैंकको अगुवाइमा सहवित्तीयकरणमार्फत जलविद्युत् लगानी तथा विकास कम्पनी ९एचआइडिसिएल० र नेपाल बैंकले आयोजनामा पाँच अर्ब ७६ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्।

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड र बैंक तथा वित्तीय संस्थाहरुबीच सोमबार ऋण सम्झौतामा हस्ताक्षर भएको छ । प्रवद्र्धक कम्पनीकातर्फबाट प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतम र सहवित्तीयकरणको अगुवा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

आयोजनामा नबिलको दुई अर्ब, एचआइडिसिएलको एक अर्ब ५० करोड र नेपाल बैंकको एक अर्ब १० करोड रुपैयाँ ऋण लगानी रहने छ । बाँकी एक अर्ब १६ करोड रुपैयाँ सम्बन्धित बैंक तथा वित्तीय संस्थाले नै ऋण लगानी गर्ने सहमति भएको छ । आयोजनाको अनुमानित लागत आठ अर्ब २२ करोड रुपैयाँ (निर्माण अवधिको ७८ करोड ब्याजसहित) छ।

आयोजनाको अनुमानित लागतमध्ये ३० प्रतिशत स्वपुँजी ९इक्विटी०बाट र ७० प्रतिशत ऋणबाट जुटाइएको हो । इक्विटीमार्फत आयोजनामा दुई अर्ब ४६ करोड रुपैयाँ लगानी हुने छ।

आयोजनामा प्राधिकरण तथा नेपाल टेलिकमको ३०–३० प्रतिशत, रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत सेयर रहने छ।

ऋण सम्झौता हस्ताक्षर कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक एवं कम्पनीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं उपत्यकाबाट नजिक रहेकाले आयोजना विद्युत्को लोड व्यवस्थापन र प्रतिफलका दृष्टिकोणले आकर्षक रहेको बताए । उनले तोकिएकै समय र लागतमा निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापनलाई निर्देशन दिए।

२०७५ भदौ ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: